संसार हल्लाउने - म


हेर ! म एक दिन
यो संसार हल्लाउने'छू
तर अरु चाहि -
हल्लिन्छन परिस्थिति अनुसार
हो त्यही परिस्थितिको सिर्जना गर्ने'छू !!!


पृर्थक हुन खोज्दछु, किन की
मेरो जीवन शैली नै फरक छ
त्यही जीवन भिन्दै हुने भएकोले
म अरुको जस्तो हुन र गर्न
चाहन्न र गर्दिन पनी !!!

म गर्न चाहन्छु
गराइमा पुग्नु नपुग्नु
दुबै मेरा निम्ति सफलता हुने'छ
एक चोटी फेरी हेर !
संसार हल्लाउने 'म'लाइ !!!

कलम समाऊ
अक्षर रोज
शब्द बटुल,
अनुपमता खोज
बुझ विचारहरू - मेरा
हल्लिछौ तिमी - तिम्रै जिवनत्व देखि !!!

झनै हल्लिन्छौ
ती सिर्जित परिस्थिति देखि
अनि म - देखि
हल्लिन्छन त ती सबै -अवस्थाहरू
थर्किनछन -व्यथा, पिडाहरु ,संसारहरू !!!

त्यसैले -
फेरी एक चोटी हेर !
म एक दिन
यो संसार हल्लाउने'छू
बेसरी थर्काउने'छू !!!

यो देश ,
यो समाज,
यो परिवेशलाइ
सिंगारी, नचाई
यो संसार हल्लाउने'छू

र हल्लिने छ
मद्रारा - यो संसार ।
त्यसैले त म नै हु
धेरैमा एक त्यस्तो
संसार हल्लाउने - म !!!
(यदि तपाई यो कविता पढ्दै हुनुहुन्छ भने 'म 'भन्ने पात्र तपाई आफैलाई सम्झनु होला )

9 comments:

  1. bednath ji
    nice poem, loved it.
    Happy blogging

    ReplyDelete
  2. कुरा त एकदम सही छ नि !
    काम मा पो छैन त !

    ReplyDelete
  3. बुझेर तिम्रो बिचार
    सोचेर तिम्रो सोच
    अब म पनि संसार हल्लाउनेछु
    तिमी पनि यसरी नै संसार हल्लाउनु
    र तिमी पनि यसरी नै संसार हल्लाउनु

    हातेमालो गरेर हामी सबैले
    यसरी हल्लाउने क्रममा
    पक्कै पनि
    केही त हुनेछ

    थर्किने थर्केला
    झर्किने झर्केला
    तर विश्वास छ
    यो सोच, यो बिचारले
    पक्कै पनि
    सफलता अवश्य मिल्नेछ

    ReplyDelete
  4. Sweet Words...

    Ya

    I can move this World... As i wann

    ReplyDelete
  5. Sweet Words...

    Ya

    I can move this World... As i wann

    ReplyDelete
  6. ho bednath ji sabaimilera sansar hallaunai parne bho aba ta .nice words thnx, keep it up.

    ReplyDelete
  7. Nice,,keep it up,N,thanks for visit me, Mitra Bednath,jee

    ReplyDelete
  8. सबैलाई धन्यवाद ! कमेन्ट को लागी केही शब्द खर्चगरिदिनु भएकोमा !

    Welcome in my world & Thanks for the Pritam , Kalambir ghotaane Ji & Katwal ji.
    आकार जी नेपालको नेताहरु को प्रबृती देखेर झस्कनु भए जस्तो छ ....त्यस्तै हो की !!

    कलमबीर_घोताने जीको सफलता प्रतिको आस र सिकारू जी र संगमकिराती जी लाइ पनी धन्यबाद नदिरहन सक्दिन - तपाईहरु ले दिनुभएको हौसला प्रति ।

    ReplyDelete
  9. आइया हौ बेदनाथजी। यो कविताले त मलाई मेरो एकजना फूफूको छोरा- दाईको मिठो याद पो गरायो। उहाँ अहिले कोरियामा हुनुहुन्छ। एकदिन उहाँको खल्तीमा पैसा पूरै सकिएछ। त्यही दिन मैले उहाँलाई जीवनमै पहिलोचोटि कुनै चीज माग्न पुगे बाध्यतावस। त्यसबेला उहाँ पनि अनि म पनि अप्ठ्यारोमा पर्यौ। उहाँले मेरो अनुरोध पूरा गर्न नसकेवापत अप्ठ्यारो मान्नुभो। म चाहिँ बेकारमा मैले भने भन्ने ठानेर अप्ठ्यारोमा परे। त्यसबेला मैले भनेको थिए दाईलाई- मैले त जोक पो गरेको। तर दाईले पत्याउनुभएन अनि सहज हुनलाई अर्को जोक थप्नुभयो- "हेर चेली, म कुनैदिन यो संसार यस्तरी हल्लाउँछु, यस्तरी हल्लाउँछु, यस्तरी हल्लाउँछु कि यो संसारको सबै चीज हल्लिनेछन् त्यसदिन। अनि तिमीले भनेको कुरा पूरा गर्नु त मेरो लागि नाथे सरह हुनेछ नि।", मैले तुरुन्तै भने- "त्यसदिन पनि फेरी मै मारमा फस्ने भए नि त?" अनि हामी दुबै जना मरी मरी हाँसेका थियौ।

    ReplyDelete