- मानव जीवनको ३ परम उद्देश्य :- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
- मानिशमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
- यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ :- ख़राब संगत , स्वार्थ र निन्द्रा ।
- यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ :- श्रम , विधा र इश्वर ।
- हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ :- आमा, बाबू र गुरुको ।
- सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु :- काम , क्रोध र लोभ ।
- यी ३ कुराहरुको याद राख्नु आवश्यक छ :- सोचाइ , कर्तब्य र मृत्यु ।
- कसैले चोर्न नसक्ने ३ कुराहरु :- बुद्रि , सिप र हिम्मत ।
- मानिश ले जिवनमा यी ३ कुराहरु एक पटक मात्र पाउछ :- आमाबाबु, सुन्दरता र जवानी ।
- आफ्नो ह्रदयमा राख्नु पर्ने ३ कुराहरु :- दया, क्षमा र नम्रता ।
- यी ३ कुराहरुलाइ कहिल्यै सानो नसम्झ :- शत्रु , ऋण र रोग ।
- सबै लाइ प्यारो लाग्छ :- धन , सन्तान र पत्नी ।
- हरेक क्षण आवश्यक पर्ने २ कुरा :- चनाखोपन र होशियारी ।
- अरुलाई दिए पछि फिर्ता हुन गाह्रो पर्ने ४ कुराहरु :- पुस्तक , कलम , नारी र धन ।
- गोप्य राख्नु पर्ने ८ कुराहरु :- आयु , धन, घरको भेद , मन्त्र , तप , दान, धर्म र अपमान ।
- दया गर्नु पर्छ यी ५ जनाको :- बालक , वृद्र , भोकाएको मानिश , रोगी र असहाय ।
- भब सागर बाट उत्रन खोज्नेले गर्नु पर्ने ३ कुराहरु :- भगवानको नाम, रूप र स्वरुपको ज्ञान ।
- मनीशलाइ पतन गराउने ३ कुराहरु :- नारी , चुक्ली र झुटा ।
- प्रतेक मनीश को अलग - अलग हुने ३ कुराहरु :- रूप , स्वभाब र भाग्य ।
जीवन उपयोगी कुराहरु
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
श्रम र बिद्या त ठीकै हो...तेश्रो के कुरामा मन लगाए उन्नति हुन्छ हाउ बेदनाथ जी ? यो चाहीं भन्नु पर्यो...
ReplyDeleteअर्को कुरो... निंद्रा बाट बच्ने कोशिश मात्र पनि मेरो लागी चाहीं ठुलो सजाय हो...
सुन्दर शान्त देश हाम्रो भग्नअवशेस भयो
ReplyDeleteजनता को बाँच्न पाउने अधिकारै गयो
कहाँ कहिले के हुने हो कस्ले सक्छ भन्न
मेटिने पो हो कि छिट्टै नेपाल भन्ने नाम....
ल मिठा उपयोगी जानकारिहरु । निद्रा बाट त मलाई पानि बच्न कठिन पर्छ है।
ReplyDeleteअनि नयाँ टेम्पेलेट त अति नै म्याच गरेको छ नि बेदनाथ जी । बधाई छ ल ।
ReplyDeleteकता कताबाट भेट्नुहुन्छ हौ वेदनाथ दाइ यति राम्रा कुरा !!! कति मज्जाको हो यो पनि !!
ReplyDeleteयो सँगालो त सारै पो उपयोगी लाग्यो । बुद्धि स्तरमा जप्न सकिए पनि व्यवहारिक पाटोमा भने यिनलाई अँगालेर कर्तव्यपथमा हिँड्न फलामको च्यूरा नै चपाउनु पर्छ है । आखिर प्रयास त गर्ने हो, नसकिने के छ र ?
ReplyDeleteखै मैले त केहि बुझिंन है । कागजको टुक्रामा लेखे अनुशार जीवन हिँडाउन सकिँदैन भने त्यो टुक्रा टिपेर गोजीमा हाल्नु भन्दा बरु भुईँमै छोडे बेश भन्छु म त । जीवन कहिँ जीवनका नियम कानुनमा बाँधिन्छ र ? नचाहिंने कुरा त केहि छैन हैन तर केहि चित्त परेन मलाई त । जस्तै उल्लेख गरिए मध्येमा भनिएको यौटा कुरा मानिसलाई पतन गराउने ३ कुराहरु नारी , चुक्ली र झुठ ( झुटा) रे अब भन्नुस् त नारी चैं मानिस हो कि होइन ? कस्ले भनेको यस्तो कुरा ? र के खाएर मान्ने यस्तो कुरा ? कुनै आडम्बरीको शब्दजाल भन्दा पर केहि हैन यो कुरा भन्छु म त । अनि अर्कोकुरा दया गर्नुपर्ने ५ जनामा भोकाएको मानिस पनि रे त्यो स्वयँ भोकाएको मानिसले चैं के गर्ने ? बेदनाथजी , यत्रो संकलन जुटाउनुभयो र पनि छुचो मुख गरेँ मैले क्षमा चाहन्छु है !
ReplyDeleteसलाह र सुझाब दिनु हुने मिलन जी, आफ्नो पूरा नाम लेखन भुल्नु हुने अधिकारी जी , सिकारू (सूर्य प्रसाद) जी , प्रबेश (उजेली) जी , जीवन (धाइबा) जी र दीपक जी सबैलाई धन्यबाद !
ReplyDeleteमिलन जी तपाइले भन्नु भएको ३ कुरा पनी राखेको छू , मेरो टेम्पलेट मन पराइदिनु भएको मा सूर्य प्रसाद जी लाइ साधूबाद ! अनि दीपक जी म तपाईको भावना लाइ मान्दछु र मेरो त्यस्तो आशय पनी होइन । अनि भोकाएको मान्छेको कुरा छ नि तिनिहरुलाई त भोका नाङ्गा नभएकाले पो दया गर्ने हो त ! जहा सम्म क्षमा को कुरा गर्नु भएको रहेछ के को क्षमा गल्ती गर्नु भएको भए पो दिनु नि ... बरु मैले राम्ररी अर्थ्याउन नसकेको मा म तपाई समक्ष क्षमा मग्दछु ।