
राष्ट्र
राष्ट्रियताको संरक्षणमा
शत्रुता
वैमनुश्यतालाइ सधै
कुल्चिरहने'छू ।
मेरो साथै
तिम्रो अस्तित्व
पहिचान गराउने रहरमा
शोसक
अत्याचारीको
चिप्लेसी दाह्री उखेलने'छू । ।
वुद्रको वचनलाइ - साक्षी राखी
नेपाल
शान्ति भूमि बनाउने
रहर बोकेको - म ।
पाशाङ्ग, सीता
भृकुटी
अरनिले जस्तै
विश्वमा नेपाललाइ चिनाउने'छू । ।
शहीदहरुले
वलिदान दिएर
रोजेको बाटो
अबलम्बन गर्ने - म ।
अग्रजहरूले रगतले
कोरेको सीमा रेखालाई
कदर गर्दै -
नेपालको स्वाभिमानलाइ
सगरमाथा झै
उच्च , अटल राख्ने
राष्ट्र निर्मानको आधार हु म ।
नेपाल अनि नेपाली हु - म । ।

( पढ़दा खेरी तपाई आफु लाइ - 'म' पात्र सम्झनु होला )
राष्ट्र भावनाले ओतप्रोत कबिता...
ReplyDeleteतर खोई किन हो माथीको राष्ट्रिय झण्डा ले जति मेरो भावना समेट्छ .... निशाना छापले समेट्दैन...शायद म नै उस्तो होला...
तर जे भए नि म फेरी फेरी भन्छु...
हो नेपाली हूँ म
अनि नेपाली भनिन गर्ब गर्छु
बेदनाथ जी देशप्रेमको भावनाले ओतप्रोत हुने मौका दिनुभएकोमा धन्यबाद ।
ReplyDeleteहरेक देशबासीको मनमा गुन्जने भावधारालाई टपक्क टिपेर उन्नुभएको कविता स्वादको लाग्यो । आज देश दुरावस्थाबाट निस्किनमा कष्ट बेहोरिरहेको बेला झन् हामी नेपालीमा देशप्रेमको उच्च भावना आवश्यक छ । कवितालाई अझै माझमुझ र शब्दप्रयोगमा सावधानी अपनाए झनै तिक्खर हुनेथ्यो कि कविता ?
ReplyDeletethanks to Milan ji , sikaru ji n jiban ji..
ReplyDeletefor the comment ....
Hi bednath sir very very nice take a bright future in your blogest and keep in touch fren's suggest..
ReplyDelete