बेरोजगार



जब म
गल्ली गल्ली , ढोका ढोका
ठाउॅ ठाउॅ र गाउ गाउ
थोत्रो मोत्रो झोला बोकी
हिडन थाल्छु -मगन्ते बनी
-जागीर पाउने आशमा !
अनि
नमस्ते, जदौ
लालसलाम र जय नेपाल
भन्दा पनी
लधांक पत्र र मैले
केही गर्न नसक्दा
लाग्छ म बहुमत तीर छू !
जागीर !
जागीर , जागीर !!
गएर झर्नु रहेछ - तल
शाब्दिक अर्थ जागीर को !!!
कहा तालुमा आलू पो परेछ
उपल्लै स्तरको
रोजगार हराएको
बेरोजगार पो परेछ
बेरोजगार क्या S S S S SSS ।

8 comments:

  1. यो चाहीं देश बिदेश सबै तीरको बस्ताबिकता हो... शायद हामीले जागीर खानको लागी भनेर मात्र पढेर पनि यस्तो भाको हो की....

    ReplyDelete
  2. यथार्तमा बेरोजगारहरुको चित्रण अनि कामको लागी भोग्नुपर्ने र ढोग्नुपर्ने सबैको वास्तबिकता ओकल्नुभएछ बेदनाथ जी तर आफु जागिरे हुदा हुदै पनि यस्तो निरासा किन नि? हा।। हा।। हा।।

    एए बुझे सबैको जयहोस भनेर हैन त?

    ReplyDelete
  3. मेरो आमाको मामाको फुफूको भान्जी ज्वई मन्तरीको आफन्त पर्छ

    भन्िदऔ ??

    हे हे

    good job!

    ReplyDelete
  4. दाइको जागीर फुस्कियो कि क्या हो ? कि अरूको देखेर लेख्‍नुभाको ? अलि कुरो स्पष्ट भएन !!!

    ReplyDelete
  5. स्तरीय सामाजिक व्यङ्य !

    ReplyDelete
  6. जागिर - गएर झर्नु तल !
    जागिर मा तन्खा भनेर दिन्छ नि, तँ नखा भनेको हो ।

    ReplyDelete
  7. मेरो यो लेखोटमा आफ्नो धारणा राखिदिनु हुने सबैमा म आभार ब्यक्त गर्दछु |

    ReplyDelete
  8. Hi there all, here every person is sharing these experience, therefore it's pleasant to read this web site, and I used to go to see this blog all the time.

    My web page bathroom remodeling

    ReplyDelete