सम्झना - देश र माया को


बिर्सेको छैन- हामी, संकृति अझै पनी
नशा नशामा पुर्खाको रगत , बग्द'छ अझै पनी
सिरमा टोपी नहोला -हाम्रो , दौवरा सुरुवाल नहोला
तर छाती भरी, माया छ - आफ्नै जाती प्रति ।

देउराली पाखा भिरालो कसरी बिर्सौला
यहि माटोमा जन्मेको , यसैमा मिलौउला
नौलो छ शैली - हाम्रो , नौलो छ -हाम्रो यो भेष ।
बिर्सेको छैनौ तर पहाड़ झरना खोलाको देश
,
दम्फु र मादल नहोला हाम्रो , सारंगी नहोला
तर मुटु भरी माया छ यहाकै संगित प्रति ।
मारुग सेलो जुहारी -धेरै हाम्रो हो, जे भने नि लोक भाका साह्रै नै राम्रो हो ।






प्रेम एउटा आफुलाई आत्मीयता बोध गराउने इच्छा तथा रहरहरुलाई तंग्राएर जीवन सार्थकता पुर्याउने संजीवनी हो भने त्यसको सार लाइ प्रस्तुत र आफ्नो अतृप्ति आशय र जागरणहरुलाई उजागर गर्ने थलो ठानेको छू मैले -ब्लग लाइ । देश प्रेम यानी आफ्नो र आफ्नोपन को तिर्सना जब थाहा हुदो रहेछ जब हामी त्यसको सामीप्यता बाट दूर जान्छौ । सिरमा टोपी नहोला -हाम्रो , दौवरा सुरुवाल नहोला तर पनी आफ्नोपन हराएर कतै नजादो रहेछ । बरु अझ बढेर आउदोरहेछ ।
साची नै मलाई यो ब्लग सञ्चालन निकै नौलो शैली र नौलो भेष जस्तो लाग्छ - माथी गीत ले भने जस्तै .... प्राय जती पनी ब्लगहरु हेर्ने गर्छु ति सबै मा कुनै न कुनै तरिका द्रारा आफ्नो देश प्रेम , माया र देश प्रति को चिन्ता र चासो ब्यक्त गरेको पाए - म पनी त्यसमा अछूतो त रहेको छुइन जस्तो लाग्छ ।
===============================
मैले बा आमा त्यागेर रोजेको .....
गीत सँग मेरो अबस्थाले त्यति मेल नखाएक पनि यो गीत मलाई निकै भाव स्पर्सी रहेको लाग्छ त्यसैले पोस्ट गर्ने जमर्को गरेको हु ।



(मैले एक पटक सबैलाई (आफु लागयत ) आफ्नो देश र मायाको स्मिर्तीको को निम्ति यो पोस्ट टास्ने कोसिस र यतिनै लेख्ने कोसिस गरे - हुन त त्यो भन्दा पनी यहाँ भएको गीत ले नै आफै पूर्ण पारिदेला । धन्यवाद !)

11 comments:

  1. राम्रा राम्रा गीतको लागी उमेशजीलाई धन्यबाद...

    ReplyDelete
  2. हो नि त, देशदेखि टाढिँदैमा, राष्ट्रिय पोशाक नपहिरिँदैमा देशप्रेम नै नहुने भन्ने कहाँ पो हुन्छ र ? बाध्यताले पृथ्वीको कुन कुनामा कुचुर्किनुपर्छ, सट्याकसुटुक एउटा धोक्रो भिरेर काममा कुदिहाल्नुपर्छ । यस्तोमा दौरा-सुरुवालको हिसाब गरेर कहाँ साध्य हुन्छ र ? दौरा-सुरुवाल पहिरिनेहरू (हाम्रा नेताजी) ले देशलाई चुसेर काङ्गुडी बनाएको उदाहरण नै काफी छ नि ।

    गीत निकै मार्मिक पाएँ । धन्यवाद तपाईँको प्रयासलाई उमेशजी ।

    अनि एउटा कुरा, यो नयाँ टेम्प्लेट पहिलेको भन्दा खूबै सुहाएको छ । तर पोष्टहरू त सबै तलतिर झुन्डने रहेछन्, कुनै उपाय छैन पहिलेझैँ सरक्क माथिल्लै हारमा ल्याउन सकिने ? मेरो कम्प्युटरमा मात्र यस्तो आएको त होइन होला ।

    ReplyDelete
  3. देशको मायाको भाव मिठओ छ तर केहि भाषागत त्रुटीहरु पनि छन सच्याउने प्रयास गर्नु होला ।

    पहिलो लाईन:
    बिर्सेको छैन- हामी, संकृति अझै पनी
    भन्दा
    'बिर्सेको छैन- हामिले, संकृति अझै पनी' गर्ने कि?

    अर्को कुरा, पोष्टहरुमा कहिले काही कुनै कुरामा जोड दिनु पर्ने बेलामा वा विशेष ध्यान खिच्न परेकोमा बाहेक, रंगी-चंगी फन्ट हाल्दा त्यत्ति राम्रो हुदैंन जस्तो लाग्छ मलाई । यो मेरो व्यक्तिगत बिचार हो, अरु साथिहरुलाई मन पर्न पनि सक्छ है फेरी! ।

    ReplyDelete
  4. कति राम्रा गीत !! धेरै धन्यवाद है वेदनाथ दाइ !!

    ReplyDelete
  5. बेदनाथ जी मिठा गीत पस्कनु भएकोमा धन्यबाद हजुरलाई।

    ReplyDelete
  6. बेदनाथजी , तपाईंको यो देश प्रतिको , संस्कृती प्रतिको अनि आफ्नो भेष प्रतिको प्रेमलाई मेरो सलाम । आफुपनि परदेशी भएरै हो न किन हो यस्ता भावनाहरु पढ्दा गर्वले मुटु ढक्क फुलेझैं लाग्छ । यो भावना हामी सबैमा यसैगरेर अझै उच्व हुँदै जागोस भन्ने कामना गर्छु । गीत पक्कै राम्रो छ र यसलाई अझ राम्रो बनाउने ठाउँ पनि होला भन्छु । धाईबाजीको प्रतिक्रियामा 'काङ्गुडी' शब्द पढ्न पाउँदा खुबै स्वाद लाग्यो । झन्डै बिरानो भै सकेको रहेछ गाँठे यो शब्द त ।

    ReplyDelete
  7. सुन्दर भाव र मिठो गीतका लागि धन्यबाद!

    ReplyDelete
  8. हो बेदनाथजी धेरै समय पछि ब्लग कोर्ने फुर्सद पाएको भन्नु पर्‍यो। तपाईंको ब्लगको त रूप नै फेरिएछ है!
    जेहोस् अहिले भने तपाईंले पस्किनु भएको गीतहरु सुन्दै छु र गीतको मर्म बुझ्दै छु।

    ReplyDelete
  9. मलाई पनि राम्रो लाग्यो तपाईंको यो ब्लग |
    फेरी आऊला |
    see you.

    ReplyDelete
  10. I like this blog.
    I will be back again. see you.

    ReplyDelete
  11. शरीर टाढा भए पनि मन कैल्यै हुन्न टाढा ।
    जति दूरी बढ्छ उति माया हुँदो रैछ गाढा ।

    मातृभूमिप्रतिको तपाइँको प्रेमलाइ सलाम ।

    ReplyDelete