परिवर्तन
सामाजिक संरचना
सास्कृतिक संकारहरु
अनि यो - समाजका
मानिशहरुको
अरु प्रति हेर्ने
दृष्टिकोणहरुमा -खाचो छ ।
नितिहरुमा सुधार हैन
व्याहबारिक सुधार
चाहिएको छ ।
नेतृत्व पक्षाले- हामीलाई
के माग गर्छौ भनी सोधे
हामी माग गर्ने छैनौ
बरु दिन्छौ उनीहरुलाई नै
अनुतरित प्रश्नै प्रश्न
र भन्ने'छौ उल्टै
के ? हाम्रा प्रश्नहरुको भार
थाम्न सक्छौ भनी !!!
तिम्रो धुर्तताले ,
तिम्रो स्वार्थाताले
मर्लान गरीब ,
पिल्सिलान पीड़ित
बल्झेला पीडा
पलाएन होलान
सिर्जना गर्ने - सर्जक !
उमंङ्ग र जोसहरु !!
तर कहिले पनी
बिलय हुने छैन , मर्ने छैन
गरीब , दू:खी
सर्बहाराहरुको सपना ,
रहर र भावनाहरु ।
आज सोध्दै'छ
देशका फुटपातले
ति गल्ली र सड्गका -दृश्यहरुले,
अनि ति खाली खुट्टाहरूले
नांङ्गो आंङ्ग र खाली पेटहरुले !!
हाम्रो किन -दशैं , नया बर्ष
भएर कुनै बिहान आउदैन
किन हाम्रै मात्र
हरेक रातको निन्द्रा हरण गर्छ
त्यो पनी
उडुस र मछेटहरुले ?
एउटा कुरा -
आफु अनुकूलको
आफ्नो विचार ल्याएर
'यो जनताको चाहना हो' भनी
जनतालाई वलिको बोको
बनाउने नगर !!!
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
सही विचार राख्नुभयो बेदनाथजी!
ReplyDeleteबरु यसलाई कविता भन्दा निबन्धको रुप दिए राम्रो हुन्थ्यो होला। एउटा सल्लाह मात्रै।
जनतालाई वलिको बोको
ReplyDeleteबनाउने नगर !!!
Sahi kuraa bedanaath jee, malaaii laagchha tapaiko yo jhaTaarole absya tyastaa bhaateharulaaii lagne cha.
Keep it up.
कबिताले बास्तबिकता बोकेको छ
ReplyDelete"के माग गर्छौ भनी सोधे
ReplyDeleteहामी माग गर्ने छैनौँ
बरु दिन्छौ उनीहरूलाई नै
अनुत्तरित प्रश्नैप्रश्न..."
अहिलेको चौतर्फी आवाजलाई सही पूकार दिएका छन् पङ्क्तिहरूले । भावको सघनता जुरुकजुरुक बनाउने खालको छ ।
कविताका लागि हरफहरूमा भने खाक्सी घोट्नैपर्ने देखिन्छ ।
(मेरो ब्लगको ठेगाना परिवर्तन भई www.clickdhaiba.blogspot.com भएको छ । अत: आगामी भ्रमणमा उक्त लिङ्क हुँदै छिर्नुहोला । धन्यवाद !)
राष्ट्रप्रेम अनि राष्टृयताप्रतिको मिठो सन्देशमुलक अनि देश हाक्नेहरुका लागि चुनौतिको मर्मस्पर्सि भावना । साच्चै सबै पक्षलाई समेटेर तयार पार्नुभएको यो जनआवाज बर्तमानको खाँचो अनि भबिष्यको समुन्नत नेपाल हो ।
ReplyDeleteएकदमै सहि अनि चित्तबुझ्दो कुरा !!!
ReplyDeleteदुरुस्तै अहिलेको समय नै छ कवितामा ; अभिब्यक्त भावना पनि अनि प्रस्तुत स्वरुप पनि ।
ReplyDeleteमलाई त एकदमै राम्रो लाग्यो ।
ReplyDeleteधेरै राम्रो !!
कविता पुरै जोशीलो लाग्यो । त्यसमा पनि अन्तिम तीन लाईनमा त "आगो" नै भएको महशुस भयो मलाई:
ReplyDelete'यो जनताको चाहना हो' भनी
जनतालाई वलिको बोको
बनाउने नगर !!!
भोको पेटमा भात टन्न भर्ने,नाङ्गो शरीरले एक ध्वजो टालो पाउने , सुरक्षाको अनुभुती गर्दै खरका छानामुनी आनन्दले एक प्रहार निदाउने हाम्रो सपनाले खै कहिले मुर्त रुप लिने हो बेदनाथ जि। कबिता सही छ,राष्ट्रियता बोलेको छ र ति मुठिभरका फटाहाहरुप्रती गहिरो व्यङय गरेको छ।
ReplyDeleteआफ्नो धारणा राख्नु हुने - Basanta Gautam ,B.J. Dummali ,मिलन ,Jotare Dhaiba,सिकारु ,Prabesh Poudel "उजेली" , दीपक जडित ,Sujan ,Dilip Acharya र प्रबिण जी सबै लाइ मुरी मुरी धन्यबाद !
ReplyDeleteयेसरी नै जन आवाज़ सुनाउदै अगाडिका दिन र पछाडिका इतिहास सम्झाउदै सुभकामना छ तपाईलाई मेरो २०६६ सालको तपाईका हरेक पाईलामा सफलता मिलोस |
ReplyDeleteपूर्वको मधूरो
ReplyDeleteघाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना
खुब राम्रो तरिकाले लेख्नु भयो। यथार्थ मात्र यथार्थ
ReplyDelete