म हिडन चाहन्न
जब गन्तव्य नै पुगिदैन भने
भन्न चाहन्न - म
सुनिदिने जब छैनन कोही भने
म प्रगति नै किन रोजौ
जसको मतलब नै रहन्न भने
हार्नु बरु उतम होला
अरु कसैलाई
जित को खुसी मिल्छ भने
अनि
जीवनको किन चिन्ता लिनु
जब जीवन नै चिन्तामा डुबेको छ भने
त्यसरी म बाच्न चाहन्न
जसरी जिउदै मरेतुल्य हुन्छ भने
खोजछन सबै आफ्नै मात्र - जित
त्यसैले त -
विबश छु -मर्न
मरेर नै हामी सबको हुन्छ - हित भने । ।
Followers
ABOUT ME
Search This Blog
Comments
3-comments
LATEST
3-latest-65px
हिड्यो भने गन्तब्यमा नपुग्ने त चान्स नै छैन साथी...
ReplyDeleteअनि आफ्नो हितको लागी मार्न पछि नहट्ने जमानामा अरुको हितको लागी मर्न पनि पछि नहट्नु चाहीं ठुलै त्याग हो...
कवितामा देखाईएका कारणहरुनै हरेक कर्मको परिणाम बन्लान् त्यो एकातिर छँदैछ तर ति कारणले निकालेको निचोडको अवस्था सुखदायक होला ? नयाँ वर्षको शुभकामना !
ReplyDeleteकविता त राम्रो हो, तर यो नया बर्ष आरम्भ हुने बेलामा यस्तो निराशावादी कुरा लेख्नु भएछ ।
ReplyDeleteAnyway, Happy New Year!!
बेद्नाथ जि नमस्ते
ReplyDeleteयो ब्लग साह्रै राम्रो लाग्यो र तपाईंका यि बिबस्ता हरु । हुन त हरेक जिबन बिबसता मै गुज्रिरहेका छन यिनै बुझाई र गुज्राही मै पनि केही स्वाद लुकेको हुदो रहेछ । आखिर पिडाहरु पिएर बाच्नुको पनि त एउटा छुट्टै महत्व हुन्छ नि बेद जि त्यसैले बिबसतामै भएपनी तपाईंका कलमहरु चलिरहुन नयाँ बर्षा २०६६ को शुभकामना सहित् यो ब्लगको प्रगतिको कामना यि दुई शब्द बाट है त !!!!
बेदनाथ जी मिठो कबिता लाग्यो । अनि आउदै गरेको नयाँ बर्षको शुभकामना सहित उत्तर्-उत्तर् प्रगतिको कामना ।
ReplyDeleteA very happy and prosperous new year 2066 to you and all the visitors of this blog!
ReplyDeletema ta jahile pani dhilai po hunchuh ta ke garnu bedanaatha jee, jindagiko kumlo kuturo kasi hidda jyadai bore hune ke garnu,
ReplyDeletekabita dherai nai raamro chha, kinaki ma pani jindagi maa harna chaahanna yo bhawanaa le utpreita ma, kabitaako laagi muri muri sukriyaa, ohh dhanyaabad ohhh Thank you.
बेदनाथजी, तपाईँ र यो ब्लगका सम्पूर्ण पाठकहरुमा नववर्ष २०६६ को हार्दिक मंगमलमय शुभकामना!
ReplyDeleteनयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!साथै मिठो कबिता को लागि धन्यबाद ।
ReplyDeleteपहिलेदेखि विचार गर्दैआएको कुरा चैँ वेदनाथ दाइका रचनाका भाव अलि बेग्लै हुन्छन् अनि प्रस्तुति पनि । आफ्नोपनको निरन्तरता अनि सुन्दर भाव भाको यो कविता कस्तो राम्रो दाइ !!!
ReplyDeleteI wish you a very very happy new year 2066 (and to all the bloggers too)
ReplyDeleteकसैको हार कसैलाई हार बन्छ गलामा
ReplyDeleteकसैको बहार कसैलाई प्रहार बन्छ पलामा
यस्तै हो उमेशजी !
गजब भाव छ तपाईंको कलामा |
पूर्वको मधूरो
ReplyDeleteघाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को हार्दिक शुभकामना