२०६५ लाइ - संक्षेपमा हेर्दा


नया वर्षको पहिलो पोस्ट के लेख्ने भनेर विषय वस्तुको खोजी गर्दा , यसो सोचे कति कविताहरुमात्रै टासौ भन्ने लाग्यो त्यसैले पुरानै कुराहरु लेख्ने जमर्को गरे :-
राजनैतिक रूपमा निकै तनाबपूर्ण रहेर बितेको छ गएको २०६५ साल तर एतिहासिक रूपले समझन योग्य भएको छ र अहिले निकै हौसला तथा उमंग दिलाएर छपकै छोपी सकेको छ नया बर्ष २०६६ ले ।
नेपलिहरुका लागी राजनैतिक रुपमा गएको बर्ष उपलाब्धिमुलक रहेको नै मान्नु पर्छ । माओवादी विद्रोहीहरु दन्द छाडेर शान्ति प्रक्रियामा भाग लिदै राज्यको बागडोर सम्हाल्न सफल भए । सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको सुरुवात पनी यही बर्ष भयो । जनताहरू आफ्नो मालिक आफै भए , राष्ट्रपति अर्थात राष्ट्र प्रमुख पहिलो पल्ट जनताको छोरो भयो । जनचाहनालाइ प्रतिनिधित्व गर्ने संविधानका लागी संविधानसभाको गठन पनी यही वर्ष भयो । सुरुका दिनहरुमा हातेमालो गर्दै अघि बढेका राजनैतिक दलहरुमा आपसी मतभेदले गर्दा पछि एउटा राजनैतिक उपलब्धि संगै धेरै व्यबहारिक समस्याहरु थपिदै गए जसका कारण संविधान सभामा २ सय २० सिट जितेर सबै भन्दा ठुलो दल बनेको माओवादिले वर्ष भरिनै विबाद मा रहनु प्-यो । संसदको बैठकहरु नियमित संचालन नहुनु , ह्त्या , अपहरणका साथै बन्द हड्तालले मुलुक निकै आक्रान्त रह-यो । बन्द विरुद्र केही ठाउमा प्रतिकार भए पनी , बन्द मुक्त जिल्ला र ठाउॅहरु पनी बन्द र चक्काजाममा परे । स्वतन्त्र प्रेस जगत राज्य र बन्द कर्ता दुबै तर्फबाट आक्रमणको निशानी बन्यो - युद्र काल भन्दा केही फरक रहेन । अन्तराष्ट्रीय मन्दिले नेपालको श्रम र अर्थातान्त्रलाई निकै नराम्रो असर पर्यो ,फलस्वरूप - अनियन्त्रित बाजार भाऊ , मुद्रा स्फिर्ती का साथै वैदेशिक रोजगारिमा रहेका नेपालीहरु मलेशिया , गल्फ आदि कन्ट्रिहरुबाट पर्किनु पर्यो अनि विदेशमै रहेका नेपालीहरुले भोगेको सुख -दू:ख का कहानी त लामै रहेको छ । थुप्रै उपलब्धि र समस्याका बाब्जुत २०६५ साल विदा भएर गए पनी समग्रमा कस्तो रह-यो त २०६५ ?
हेरौं न त संक्षेपमा (बुदागत रुपमा )


  1. गणतन्त्रात्मक राज्यको घोषणा :-नेपाल पहिलो पटक जेष्ठ १५ गते गणतन्त्रात्मक राज्य घोषणा भयो । संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्यो - घोषणा गर्दा संविधानसभामा ५ सय ६० र विपक्षमा ४ मत परेको थियो । यो घोषणासँगै नेपालमा २ सय ४० वर्षे राजतन्त्रको विधिवत अन्त्य भयो । र १५ दिन भीत्र राजदरबार छोड़न पूर्व राजा ज्ञानेन्द्रलाइ पत्र पठाइयो ।



  2. जेष्ठ २९ मा राजा भए साधारण नागरिक ।



  3. असार १ मा नारायणहिटी दरबारलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संग्राहालय घोषणा गरी उदघाटन गरे ।



  4. जनताको छोरो राष्ट्रपति :- साउन ४ मा मधेसी जन अधिकार फोरमको तर्फबाट परमानन्द झा उपराष्ट्रपति भए भने धनुशाका डा। रामवरण यादब संविधानसभा सदस्यको ३ सय ८ मत ल्याएर नेपालको पहिलो राष्ट्रपति भने । त्यसरी नै साउन ८ मा सुवास नेम्बाङ संविधानसभाको अध्यक्षमा निर्विरोध सेलेक्ट भए ।



  5. साउन ३१ मा लामो समय सम्म विद्रोही भएर रहेका माओवादिहरू - सप्तामा :- सशस्त्र विद्रोहबाट सप्ता कब्जा गर्ने उद्देश्य लिएका माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने । जो रोल्पा -२ र काठमाडौँ -१० बाट निर्वाचित भएका थिए ।



  6. महत्वाकांक्षी बजेट :- नेपालमा अहिले सम्मकै ठुलो बजेट माओवादी नेतृत्वको सरकारले ल्यायो तर धेरै ले यसलाई महत्वाकांक्षी भनेर आलोचना गरे जसको राशि २ सय ३६ अर्बको थियो तर योजनाअनुसार बजेट खर्च हुन सकेन ।



  7. मंसिर २१ मा पोखाराका विकास पराजुली र भक्तपुरका गणेशमान सिंकेमनले डाफे नामक जहाज बनाएर सफल परिक्षण उडान गरे ।



  8. प्रकोप र दुर्घटना :- भाद्र २ मा सप्तकोशी बाधको तटबन्ध भत्कदा सयौको मृत्यु र हजारौ नागरिक घरबारविहीन भए । माघ १३ मा कोशी पुन: पुरानै धारमा फर्किएपछि राजमार्ग संञ्चालनमा आएको छ । त्यस्तै साउन १६ मा भारतको उतराखण्डमा तिर्थयात्रिको बस दुर्घटनामा पर्दा ३६ नेपाली को मृत्यु भएको थियो।



  9. पशुपतिमा राजनीति :- पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्ने नियुक्तिको निर्णय गर्यो तर यहाँ भएका भारतीय पुजारिहरू थिए । नियुक्तिमा पारदर्शी र प्रतिस्पर्धात्मक नभएको भन्दै मन्दिरका भण्डारिहरुले विरोध गरे र सर्वोच अदालतले समेत निर्णय सच्चाउन सरकारलाई आदेश दिएपछि पुरानै भारतीय भट्ट महाबलेश्वर नै बहाली भए ।



  10. गणतन्त्र नेपालको नया संविधान निर्मानको लागी जनमत संकलन गर्न सभासदहरु पहिलो पटक जनता समक्ष पुगे ,कार्यतालिका अनुसार २०६७ साल जेष्ठ १४ गते सम्म नया संविधान निर्माण गर्ने योजना रहेको छ ।



  11. तराई आन्दोलन :- थारुलगायतका तराईका जनजातीहरूले आफुलाई मधेसीको सुचिमा राखेको भन्दै फागुनमा आन्दोलन गरे र १३ दिन तराईका २२ जिल्ला ठप्प पारेका थिए । सरकार र थारु समुदाय बिच चैत १ गते ६ बुदे सहमति भएपछि आन्दोलन स्थगित भएको थियो ।



  12. दशक पछि राष्ट्रीय खेल : - चैत २४ मा राजधानीमा ५ औ राष्ट्रीय खेलकूद प्रतियोगिता सुरु भयो , यो २०५५ साला मा भएको ८औ साफ गेम देखि यताको ठुलो प्रतियोगिता रहेको थियो , जसको उदघाटन राष्ट्रपति डा । रामवरण यादब ले गरेका थिए । उदघाटन पछिका खेलहरुमा जनमुक्ति सेना पनी सामेल भए पछि नेपाली सेना असंतुष्ट भई जनमुक्ति सेना संलग्न ६ खेलमा सहभागी भएन ।



  13. अन्तमा आफ्नै कुरा गर्ने हो भने यस वर्ष ब्लग र फेसबुक मार्फत मित्रहरुसँग भलाकुसारी गर्ने सौभाग्य मिल्यो अरु त उस्तै छ उही विदेशिनुको पीडा साथै यसपाला सकुसल मुलुक फिर्न पाइयोस अनि अझ ब्लग र फेसबुक मार्फत मित्रहरुसंग डिजिटल साइनो प्रगाढ़ बनाउन सकौ भन्ने लागेको छ । अब कविता र गीत का कुराहरु कम हुने छन .... अब हल्का गफिनु पनी पर्ला , हेरौन त यो साल कसरी वित्दो हो - यही पछि कुरा गरौला नि !

यसका साथै गएको बर्षमा देशमा लोडशेडिंगको विकराल अबस्था ,सेना - सरकार विवाद , ह्त्या र अपहरणहरुको शृङ्खला , संसदमा अबरोध , दलहरु बिच उतार चढाब , राजदूत प्रकरण तथा मन्दिको प्रत्यक्ष असर भार, प्रेट्रोल ग्यासको समस्या आदि धेरै रहेका छन ।
अहिले सम्म जे-जसरी विते पनी - मुलुक मा अझै राजनैतिक सहकार्यको आबश्यकता रहेको छ - अहिले कुनै पाटी , बाद र नेताको राजनीति होइन जनताको राजनीति खाचो रहेको छ जसले वि पि को 'एक घर एक गोठ ' र मदन भण्डारीको जबज (जनताको बहुदलीय जनवाद ) को सपना साकार होस अनि मात्र सर्बहाराको दिन खुल्ने छ जित हुने छ स्वाभिमानी नेपालीको । बिखंडनवादमा आत्मगौरव नखोजौ ,स्वतन्त्र र एकतामा आत्मीयता बाडौ । राजनैतिक स्थिरता शान्ति र विकाशको लागी । नया बर्षको नयापनमा सिर्जना र सपनाले सार्थक रूप धारण गर्न पाओस ! नया नेपाल ! ! हाम्रो नेपाल बनोस !!!
(जानकारीहरु :- केही पत्रपत्रिकाहरूबाट लीइएको हो )

16 comments:

  1. बेदनाथ जी बर्षभरिको जानकारिको लागि मुरि मुरि धन्यबाद । त्यसो भए अब बेदनाथ जीको गफ् गाफ् पनि पढन पाइने भयो यो नयाँ बर्ष संगै ब्लगमा ।

    ReplyDelete
  2. राम्रो संकलन ...तर एउटा चुतेचा नि... प्रचंडा को पूरा नहुने प्रतिबद्धता...हेहेहे

    ReplyDelete
  3. एक बर्षको पुरै घटनाहरुलाई सान्दर्भिक तरीकाले एउटै टाँसोमा अटाईदिनु भएछ। जानकारी मुलक रह्‍यो यो पोष्ट ।

    ल, अब तपाईको गफको पनि प्रतिक्षा गर्दैछु है त!

    ReplyDelete
  4. साच्चै नै सिकारु जी ले भने झै बर्षभरिको जानकारिको लागी धेरै धेरै धन्यबाद !!छिट्टै नै तपाँईको गफ् गाफ् पढ्न पाईयोस ।

    ReplyDelete
  5. gud collection...thank you

    ReplyDelete
  6. बन्दै बन्द ले बित्यो, २०६५ मा !
    आशा गरौँ, ६५ मा बितेका नराम्रा क्षणहरु २०६६ मा नदोहोरियोस् ।

    ReplyDelete
  7. Good compilation of events Bednathjee!

    ReplyDelete
  8. गजब मेहनतले ६५ साललाई केलाउनु भएछ । सुनेर पनि विर्षिन लागेका कुराहरु ताजा बनाईदिनुभयो । तपाईंको गफको भने अरु साथीभाइलाई जस्तै ब्यग्र प्रतिक्षा रहने भयो है ।

    ReplyDelete
  9. Informative post! A nice compilation of the events. keep it up.

    ReplyDelete
  10. राम्रो टिपोट बनाउनुभएछ उमेशजी ।
    राष्‍ट्रिय सन्दर्भहरूको असरल्ल र विशृङ्खलित घटना-बाढीबाट यति सम्हालिएको जरूवा भुलभुलाएर ब्लगमा राख्न कम्ता मिहिनेत परेन होला । त्यसको लागि तपाईँलाई धन्यवाद । अनि सबै साथीहरूको अपेक्षामा आफ्नो स्वर मिलाउँदै कवितात्मक एकोहोरो धारदेखि क्रमभङ्ग गर्दै गफगाफ पनि मिसाउने तपाईँको यात्राको हेलिन पाउने प्रतीक्षामा म पनि छु । यो सोचको सराहना गर्छु ।

    ReplyDelete
  11. मलाई त चित बुज्यो

    ReplyDelete
  12. malai 1 haptako lekhna paryo bhane maretulya hunchha tapaile ta barsha bharikai jodnu bhae cha la dherai dherai dhanyabad

    ReplyDelete
  13. Kati mitho lekhnubhayeko?Arunjhai salalala bageko.Dhanyabad chha hai sathi.

    ReplyDelete
  14. राम्रो लेख्नु भयो मलाई राम्रो लाग्यो पढ्दा

    ReplyDelete
  15. It's going to be finish of mine day, except before finish I am reading this fantastic article to improve my knowledge.

    Also visit my homepage bathroom in northern virginia

    ReplyDelete
  16. Howdy! I could have sworn I've been to this site before but after going through a few of the posts I realized it's new
    to me. Anyways, I'm definitely happy I discovered it and I'll be book-marking it and checking back regularly!



    Visit my web blog :: kitchen remodeling

    ReplyDelete