नाम बिर्सदा


लगातार घडीको आलम बजिरह्यो … टिरिंग2 ssssssssss ….। म ब्युझे ४: १५ भै सकेको रहेछ । मेरो आखा केहि बिजाई रहेकोले - निन्द्रा नपुगेको भान भो ,हुसुले पुरै शहर नै छोपेर राखेको रहेछ । चिसो सिरेटोले सिरक फाल्ने वितिकै मुटुमा धक्का दियो ।  हतपत उठेर नुहाउन लागे , मलाई थाह छ – हिउदामा धाराको चिसो पानिमा नुहाउनु कतिको गाह्रो हुन्छ भनेर ! ( के गर्ने सिउ सिउ गर्दै भए’नि नुहाए )


निकै व्यस्त लाइफ छ …. कुनै प्रोफेसर को भन्दा कम होइन … बिहानै कम्पुटर सिक्न गयो त्यस पछी , टाइम पासको लागि क्याम्पस अनि रूममा आएर आफै खाना पकाएर खायो , त्यस पछी एक छिन भाते निन्द्रा लाग्नु पर्ने , अनि वेलुका उसु सिक्न ( लाठ्ठी + नाइन’चा बोकेर ) सरस्वती मावीको चौउरमा उफ्रिनु पर्ने । त्यति मात्र कहाँ हो र ! साझमा दमक चोकमा बुङ्गा ठिटाहरु मिलेर गफिनु पर्ने ( १/ २ घण्टा जति ) - कति ठिटीहरुलाई सास्ती दिएको ! काम नभएका ठिटाहरु न परिम । अनि यत्रो सेडुलमा सेट हुनु पर्ने - निकै गाह्रो त भै हाल्छ नि ! सायद - ‘कुकुरको काम पनि छैन र बस्दा पनि बस्दैन’ भने कै यहि होला !
यहि सेडुल अनुसार –म ! झिसमिसे मै कम्पुटर सिक्न लागे ….पुग्दा सटर खोलेकै रहेन'छ , कसैले सुनेनन - केहि बेर वोलाउदा  पनि । म सटरकै एक छेउमा उभिएर बसिरहे , त्यहि छेउको केहि चियापसलहरु भने खुलेका थिए !
त्यति खेर नै एक जना वैनी सरर साइकलमा त्यहि आइन र भनिन :-
“सटर खोलेको छैन “
“छैन “
“तपाई ट्युशन पढ्न हो” ,  मैले भने “ हैन “
“तपाइँ चाही ट्युशन ?”
“हैन” , अनि कता त ? मैले प्वाकै सोधी हाले !
“यहा दाइ हुनु हुन्छ , दाइलाई भेट्न “ अनि तपाइँ नि ?
“ म कम्पुटर कोर्ष सिक्न"
“ए” उनले भनिन !
त्यस पछी उनले आफ्नो नाम बताउदै मित्रता को हात म तिर बढाइन र मैले पनि आफ्नो नाम  “ उमेश” भनेर हात मिलाए ।  उनले चिया खाऊ भनेर जिद्री गरिन , नाइँ भन्ने सबालै आएन ! विहानको समय त्यसमा पनि त्यस्तो ठण्डीमा ! म अलिक लजालु स्वभावको भएकाले , हल्का लाज त लाग्यो तर पनि चिया खान बसे , नलाजाए जस्तो गरि । आखा जुधाएर गफ गर्ने जमर्को पनि नगरेको होइन । तर म पूर्ण रुपमा लजाई सकेको थिए - मलाई मेरो स्टेज नमिलेको , मेरो बसाइ नमिलेको जस्तो भो , उति खेरै चियाले जिब्रो पिल्सायो …केहि भन्न सकिन …मेरो मुहार रातो भो ! ( मलाइ किन कोहि कोहि संग भेट हुदा किन यस्तो हुन्छ - थाह छैन,  )
म - गफ गर्दा गर्दै एक छिन वोल्न छाडे भने - उनले मलाई गफ त्यति नगर्ने, लजाउने खाल्को मान्छे रहेछ भन्ने सोच्लिन भनेर , म वेला वेलामा वोलिरहने प्रयत्न गरिरहेको हुन्थे !
तर मैले पहिला नै उनको परिचय संगै मैले मेरो नाम उनलाई भनि सक्दा उनको नाम विर्सी सकेको थिए ……खै के .. ..के … दमक, …. वडा खै के भनेकी थिइन , थाहै भएन । खै के भो कुन्नि मेरो गुगल ले काम नै गरेन ! मेरो एउटा नराम्रो वानी छ जुन आज पनि दोहोरि-यो त्यो के भने म कुनै नौलो मान्छे संग परिचय गर्नु प-र्यो भने एक छिन गफ गर्दा गर्दै उसको परिचय विर्सिहाल्छु , यस्तो धेरै पटक धेरै संग धेरै ठाउमा भएको छ पनि !
त्यतिकै मा सटर खुलेको आवाज आयो …..चिया पिई सकिएछ हैन …सेलाई सकेछ ! दुवै उठेर गयौ …नाम विर्सेका कारण मैले उनलाई उनको नाममा विदाइको अन्तिम सम्बोधन पनि गर्न सकिन न त पुन : उनको नाम सोध्ने हिम्मत नै गरे …….!!!  

7 comments:

  1. वाह~~~~ कथा अझै अगाडी बढोस मित्र .... जारी राख्न्नुस गुगल सर्च । बाइबल भन्छ - "खोजी गरे भेटिन्छ, ढोका ढकढकाए खोलिन्छ "। रोचक लाग्यो लेख ।

    ReplyDelete
  2. bed jee, kura ta nikai majjale badirahekochha hai... ajhai agadi badnus .. ahile intervel bhako hola.. aba half story baki chhha.. all the best !

    ReplyDelete
  3. सरसंग मिल्दोजुल्दो रहीछ मेरो बानि पनि, यो नाम मात्र हैन एक छीन अगि सम्म बोलेको मानिस संग पनि परिचय भएको छ कि छैन जस्तो लाग्छ कहिलेकाँही ,
    अनि सर दमक को कुन कम्पुटर इन्चचुट को कुरा गैनु भएको हो ?

    ReplyDelete
  4. वाह ! रोमान्टिक पोष्ट टाँस्नुभयो वेदनाथ जीले । कृष्णजी सँग साथ लाग्छु गुगल सर्च जारी रहोस् है । मेरो जस्तै समस्या रहेछ तपाईको परिचय गरेपश्चात नाम विर्सने र लजाउने यो मेरै कथा लेख्नुभयो कि कसो ?

    ReplyDelete
  5. कुरो निकै राम्टिके (रोमाण्टिक) छ! अझ अगाडि बढ्ला भन्ने आशा र कामना:)

    ReplyDelete
  6. उमेस जी, हिजो मलाई पनि तपाईलाई जस्तै एउटीले मिठो मुस्कान दिएकी थियिन.. एकछिन त दंग परे.. तर मैले फेरी मौका गुमाए.. थक थक लागिराछ.. केहि त भन्नुपर्ने थियो.. अब फेरी कहिले उनि तेसरी माइक्रो मा भेट होलिन ? :(

    ReplyDelete
  7. मलाई भने 'सत्य घटनामा आधारित' कथा जस्तो लाग्यो है :) ।

    जे होस, निकै रमाईलो सुरुवात गएको छ ...त्यसपछिका कुराहरु पनि लेख्नु होला है ।

    ReplyDelete