फुर्सदका कुरा


के गर्ने कसो गर्ने ! (सोच्दै छु ), हुन् त भर नभएको मान्छेको टुंगो नी नहुने ! जति खेर फोन आउछ उतिखेरै उतै कुदौला भन्ठानेर कम्पुटर मै घोत्लिएर बसे - त्यो पनि फेस बुकमा ! त्यति कै मा झट्ट सम्झे साथीहरुले आफ्नो फोटोहरुलाइ केहि गीतहरु राखेर भिडियो बनाइदिनु भन्नु भएको थियो , जुन नेपाल फर्कने गाउघरका साथीहरु संग हाता लागाएर घरमा पठाउनु छ ! अनि राम्रो गीतको कलेक्सन भए २/४ सिडी र डिभिडी पनि बनाइदिनु है - भनेका थिए ! विदाको दिन मस्तले हेर्दै बस्नु (मज्जा लिनको लागि ) को लागि !

 सोहि अनुसार सिडी/ डिभिडी  राइट र भिडियो इडीटिंग गर्न लागे ! अलिकता डिभिडी तयार गर्न समस्या आइपर्यो किन भने म संग भएका भिडियो गितहरु डिभिडी फर्मेटमा थिएन र म संग डिभिडी फर्मेटमा चल्ने  (.bup , .vob र .ifo फोर्मेट) बनाउने कन्भटर पनि थिएन ! त्यसैले यसो फेसबुकको स्टाटसमा लेखे ';- “I have some videos in flv,dat,mpg, mp4, rm format (extension) , but I know I need .bup, .vob and .ifo files for able to burn on a DVD disc. Does anyone know how ?” निकै बेर कुरे मित्रहरुले कुनै उचित सल्लाह दिनु हुन्छ कि भनेर तर अतोपतो लागेन इभन like मा नी किलिक्क गरेको पाइन !  यस्तो प्रश्न गर्ने काम म पहिला याहुको Yahoo! Answers प्रयोग गर्ने गर्दथे ! र त्यसमा राम्रै उतरहरु नी पाइन्थ्यो ! तर यो ‘किताब अनुहार’ या ‘अनुहार किताब’  जे भने नी Face Book ले गर्दा त्यो पनि प्रयोग गर्न छाडिएको निकै भैसक्यो ! अनि पुन आफै तम्से गूगल देवतालाई पुकार्न ! एकै छिनमा प्रभुले कति धेरै अप्सनहरु देखाई दिनु भो ! कति काम लाग्ने त कति वेकामेहरु ! अनि मैले केहि काम चलाउ हुनेकुरा पुन आफ्नै स्टाटसको कमेन्टमा राखे ; (यसरि )
“I got it for .vob format
Software name :- Leawo Video Converter
http://www.leawo.com/video/mpeg-vob.html
or
http://download.cnet.com/Leawo-Video-Converter/3000-2140_4-209074.html
or
http://www.brothersoft.com/leawo-video-converter-download-183792.htm
its only trail version ............
but i need others....software better then Leawo Video Converter, Do you have any idea?????”
(धन्य प्रभु चित बुझ्दो नभए’नी काम चलाउने बाटो त देखाई दिनु भो ! )
तर अझै पनि मित्रहरु बाट चित बुझ्दो उतार पाउने आशामा बसेको छु, है कुनै अरु उपयहरु नी बताई दिनु हुन्छ कि  !!!
त्यति ले केहि साथीहरुको मुख थुन्ने मेसो त भयो ! अनि त्यस पछी Pinnacle Studio बाट  केहि फोटोहरुको २/४ ओटा भिडियो नी बनाइयो ! सुरुका दिनहरुमा (पहिला ) Nero StartSmart, Movie Maker हरु नी प्रयोग नगरेको होइन !
आज सम्म यसरि अरुको फोटो (फोटोशोप प्रोग्राम:प्रयोग गरेर ), भिडियो बनाउने मान्छे ले आफ्नो त कहिले नी बनाएको होइन ! आफैलाई दंग लाग्यो ! पहिला सिक्दा चाही बनाउ बनाउ लाग्थ्यो तर अहिले चाही बनाउन नै अल्छी लाग्दो रहेछ , “आ ! यस्तो पनि !” भनेर छाड्नु पर्ने !
लौ आज चाही केहि जमर्को गरेको छु: कतार आए देखिका (कतारमा मात्र खिचिएका) तस्विरहरुलाई भेला गरेर - मित्रहरुको सम्झनाको लागि ! एउटा भिडियो तयार गरे ! सबै मित्रहरु अहिले संगै त छैनौ तर जुन सुकै ठाउमा पुगे पनि , त्यो अतितका रमाइला क्षणहरु भुल्न नसकिदो रहेछ ! सोहि समयले पाखा लगाएको इभेन्टहरुलाई यहाँ कैद गर्ने सानो प्रयास गरेको छु ! त्यहाँ प्रस्तुत भएका केहि फोटाहरु तपाइँले पहिलाका केहि पोस्टहरुमा पनि देख्नु भएको हुन सक्छ !

(भिडियो  उपलोड -आफ्नो ब्लगमा केहि विविधता ल्याउने सानो अर्को प्रयास )
धन्यबाद ! Happy Blogging ……………

1 comment:

  1. Nice video! Btw you can download the sound file from the video with YouTube music converter.
    I hope my comment is useful to you:)

    ReplyDelete