कहिले रिसाउने,कहिले खुसाउने, तिम्रो मुडको चाल भो !
तिमिसंगै डुल्न खेल्न पाउदा, अरु सबै कुरा बाल भो !!
दिन हैन, रात हैन, हरपल मेरो लागि सबै एकै भो !
यादमा तिम्रो डुबी रहे, कस्तो मेरो यो हाल भो !!
थाहा छैन मलाइ केहि , मन भरी खुल्दुली भो !
तिम्रो बोलाइ, तिम्रो हेराइ, माछिको झैँ जाल भो !!
गुन गुनाइ रहने, टोल्याइरहे, खै मलाइ के भो !
पाउदा साथ तिम्रो, मन खहरेको झै छाल भो !!
कहिले रिसाउने,कहिले खुसाउने, तिम्रो मुडको चाल भो !
तिमिसंगै डुल्न खेल्न पाउदा, अरु सबै कुरा बाल भो !!
कैले रिसाउने र कैले खुसाउने त उनकै चाल भो
ReplyDeleteगहन लेखाइ कला शैली बेदजि कै गजलको माल भो
हे हे हे गजल लेख्नै पो नआउदो रहेछ मलाइ त ।
राम्रो लाग्यो बेद जी तपाइको गजल यहाको सृजनालाइ सलाम फेरी फेरी लेख्दै गर्नु होला
यस्तै त हुँदो रहेछ नि बेदनाथजी ! यथार्थता छ तपाईंको गजलमा ! थोरै कुरा पढ्दा लयात्मकतामा अलि कमी देखिन्छ | अरु मेरो पनि कुरा यहि हो उनको बारेमा !
ReplyDeleteकल्पनामा डुबेर लेखेपछी सृजना नमिठो हुने कुरै छैन । सुन्दर गजल ।
ReplyDeleteम त यत्ति भन्छु बाल बाल मा 'बबाल ' छ है :)
ReplyDelete