आ’एको कुरा भन्दिए, जानेको त्यति हो !
मि’लेको कुरा मिलाए, छानेको त्यति हो !!
ल’ड्नेहरु लडेकै छन्, आखिर के भो र ?
बु’झ्न ढिला भएको छ, मानेको त्यति हो !!
अ’त्याचार धेरै भयो, खबरदार खै ?
फु’ल्नेको भुडी फुल्याछ, खानेको त्यति हो !!
दे’शको अवस्था देखी, म रिसाउनु के?
ख’ल्लो भएको छ मन, झानेको त्यति हो !!
क’ति को गर्ने चाकरी, अन्धो झै भएर !
उ’र्लेछ विचारहरु, सानेको त्यति हो !!
आ’एको कुरा भन्दिए, जानेको त्यति हो !
मि’लेको कुरा मिलाए, छानेको त्यति हो !
हुनेवाला के छ र ! जम्मा त्यत्ति हो | यथार्थता !!
ReplyDeleteआ’एको कुरा भन्दिए, जानेको त्यति हो !
ReplyDeleteमि’लेको कुरा मिलाए, छानेको त्यति हो !
-------
बस यती पनि धेरै हो । यती पनि सरोकारवालाहरूले जान्द्या भा ... कती हुन्थ्यो होला ।
राम्रो छ, तर यथार्थसंग गाँसिएको छ ।
गज़ल भावप्रधान छ, राम्रो लाग्यो ।
ReplyDeleteभावनात्मक रूपक गजल शसक्त छ !!
ReplyDelete