मंचन गरिएको स्थान :-
परदेश !
दृश्य :-
बहादुर स्वाभिमान
शिर झुकाइ -
नतमस्तक रहेको छ !
पसिनाले शिर देखि पैताला सम्म रुझेको छ !
हातभरि उठेका ठेला हासिरा’छ !
सुनसान बगर !
प्रचण्ड तापक्रम मरुभूमिको !
एक तमासले
उराठलाग्दो चैतको तातो हावा झैँ
बतासिएको छ , धेरै सपनाहरु उडाउने गरी !
निर्देशन :-
अन्योल राजनैतिक स्थिति !
अब्यबस्थित शैक्षिक प्रणाली !
र
काम चलाउका नीति नियम !!
पात्रहरु :-
सधै रहर जन्माएर बस्ने तिमी !
अनि
हरपल सपनामा हराउने – म !!
रमिते दर्शक :-
बौदिक भनाउदो जमात !
सकृय लिडर्सहरु !
मानव अधिकारवादी !!
तालि पिट्नेहरु :-
आफन्त र छिमेकी !
निर्माता :
हाम्रा अविभावक !
र
देशमा च्याउ सरि उम्रेका
मेनपावर र मान्छेको खेती गर्नेहरु !!
नाटकको सन्देश :
यो हाम्रो सस्कार हो !
परम्परा हो !!
बस हिजो – मुग्लान जान्थे
आज – परदेश !!
( त्यतिकैमा पर्दा बन्द हुन्छ ! सायद लोडशेडिंगको समय परे'छ होला !!)
वाह बेद जी क्या सटिक । साह्रै चित्त बुझ्दो लेख्नु भयो । यती छोटो मै सारा समस्या एकै छातो मुनी । मानव तस्करीहरू (म्यानपावर) लाइ पनि राम्रै थप्पड हान्न सफल छ , जो गलत छन् ।
ReplyDeleteधन्यवाद
प्याकुरेल, साउदी
मननीय टाँसो वेदजी । नयाँ खालको लाग्यो यो प्रस्तुति । नेपालको गरीब हुनुको नियतिले उछिट्टिएका निरीह जनहरूको व्यथालाई सटीक रूपमा उजागर गर्नुभयो ।
ReplyDelete'निर्माणता' होइन, निर्माता लेख्नुभएको होला, सच्याउनुहोला ।
धन्यबाद प्याकुरेल सर र धाइबा जी -यहाँहरुको हौसला र सुझाबको लागि !
ReplyDeleteधाइबा जी - लेखनमा भएको त्रुटी औलाइ दिनु भएकोमा पुन : धन्यबाद ! र अहिले सच्याई पनि सके !
निकै मर्मस्पर्शी नाटक लेख्नुभएको रहेछ,यहाँले | छोटो भएर पनि सशक्त छ |
ReplyDelete