मिठा मिठा शब्द संगै, यो दिल नै सारा हजुरको !
बोल्दा मात्र ठिक्क पार्ने, यो कस्तो पारा हजुरको !!
संगै जाउ घुम्न डुल्न, कती गरियो अनुरोध !
टार्ने कुरा हुन्छ सधै, यो कस्तो झारा हजुरको !!
मधहोसी रुप रंग, लठ्याउने नशालु दिष्ट्री !
चस्स मन रेट्ने बोलि, यो कस्तो आरा हजुरको !!
मनमा उमंग भर्ने, निर्दोष मेरा इच्छाहरु !
ग्रीन रेड सिंग्नल’भो,त्यो कस्तो तारा हजुरको !!
मिठा मिठा शब्द संगै, यो दिल नै सारा हजुरको !
बोल्दा मात्र ठिक्क पार्ने, यो कस्तो पारा हजुरको !!
यस्तो दामी गजल लेख्ने, यो कस्तो पारा हजुरको
ReplyDeleteपढ्दा पढ्दै लट्ठ पार्ने, यो कस्तो चाला हजुरको
विष्णु
This comment has been removed by the author.
ReplyDeleteगजल होस् त यस्तो !!
ReplyDeleteसुन्दर छ बेद जी, निरन्तरताको कामना !
ReplyDeleteधन्यबाद यहाँहरुको हौसलाको लागि !
ReplyDeleteअनि अर्याल जी र संदिपन जी लाइ स्वागत छ मेरो आगन टेक्नु भएकोमा ! पुन : आउदै गर्नु होला र आफ्नो सल्लाह र सुझाब दिदै गर्नु होला !
सरस !
ReplyDelete