समाचार


news

हरेक साता
हरेक दिन हट समाचार !
हुने गर्छ - पेपर र खबरहरुमा !
कुनै न् कुनै खबर
चर्चाको शिखरमा पुगेकै हुन्छ !
कहिले रामप्रसादको पालो त कहिले देवीप्रसादको !
कहिले सेना पुग्छ त कहिले वाइसिएल !
यहाँ हेअर स्टाइलको चर्चा हुन्छ
भने रेखाको देखाको परिचर्चा पनि  !
कहिले माधब छापिन्छन भने
कहिले बाबुराम पोतिन्छन !
खबरै खबरको संसार छ !
खबर भित्रको खबर
यहि खबर भित्र छ !
त्यो पनि हट खबरहरु !

फेसबुकमा साथीको कुरा छ
देश भित्र पाटी माथिको कुरा !
सधै चर्चा परिचर्चाको
नाना भातिका कुरा मात्र छ !
सम्प्रेसकहरुमा खबर बिक्रीको खाचो छ !
नेताहरुलाई सप्ताको !
सचेत भनाउदा नागरिकहरुलाई
यस्तो भयो / उस्तो भयो
भनेर कुरा काट्न
अनि वाह ! क्या गजब भो !
भनि तालि पिट्न आनन्द छ !
(अहिले तपाइँ पढ्दै हुनु हुन्छ  ब्लग खबर ! पढ्दै गर्नु होला ! - एक छिन ब्यापारिक सन्देश !)

झक्कुको धक्कु भन्दा
झापड र जुत्ताको प्रसंग पनि कम छैन !
‘प्रधानमन्त्रीको चुनाव’ भन्ने सिरिएल
‘कसौटी’, ‘घर घर के काहानी’ भन्दा लामो रहेछ !
मान्छेको जन्म
नारि पुरुषको सम्भोग बाट हुन्छ !
तर
धेरै नागा नेताहरु बाट
बलात्कृत देशको संविधान -
गर्व बाटै तुइएर जाने भो !
सायद ,
सायद एड्स भन्दा खतरा रोग लागे जस्तो छ !
जुन कुनै डाक्टरबाट उपचार हुन् सक्दैन !
अब कन्डक्टर नै खोज्नु पर्छ जस्तो छ !
करोप्शन र भरोप्सन कम गर्न
त्यसले रेजिष्टेन्सको काम गर्न सक्छ !
तपाइँ अहिले पढिरहनु भएको छ -
ब्लग खबर !
पढ्दै गर्नुहोस / पढिरहनु होस्
आज र अहिले लाइ यति नै !
धन्यबाद !
अर्को समाचार
देशमा प्रधानमन्त्री बनेपछी !
राष्ट्रमा संविधान निर्माण पछी !
जस्रोतको दोश्रो ठुलो देशमा
लोडशेडिंग हटे पछी !
जुन सुकै ब्लग र पेपर
अनि पुस्तकहरुमा
पढ्न सक्नु हुने'छ !'
तपाइको आजको दिन
तपाइको आजको रात
शुभ रहोस !
भोलि के हुन्छ मलाई थाहा छैन !
(त्यसैले अरु केही भन्न सक्दिन )
नमस्ते / नमस्कार ………………………………….!!!

1 comment:

  1. गजब ब्यंग! लोड शेडिंग र संबिधान त कुन्नि, प्रधानमंत्री चाहिं कोहि बनिहाल्ला की तपाईंको अर्को समाचार आउन्जेलसम्म !

    ReplyDelete