वृहत साहित्यिक बनभोज कार्यक्रम -२०११


साहित्यिक कार्यक्रममा : छलफल गर्दै , सबै एक साथ !
आज निकै पछी त्यो पनि वासी कुरा लिएर आएको छु ! बासि खुराक भनौ न् ! जसलाई मैले न्युजको रुपमा भन्दा पनि आफ्नो सम्झन योग्य घटना ठानेर नोटको रुपमा राख्ने मनसायले ढिलै भए पनि पोस्ट गर्ने जमर्को गरेको छु ! यसलाइ तपाइँरुले भुट्या भात यानी Fry Rice सम्झ्नेर मिठो मानेर स्वादन गर्नुस है ! के गर्नु उ बेलामा मेरो नेटको ADSL खराब भएको कारण अपलोड गर्न सकिन ! (बहाना जे बनाए पनि भो नि -होइन र ! ) अफिस बाट ट्राइ गरौ भन्दा कामको चटारो कहिले नि कम नहुने ! अनि काम ठग कर्मचारीमा परिएला भन्ने डर ! (हाहा…)
कार्यक्रमको अन्तिम तिर सामुहिक तस्विर खिचाउदै ; आफु फोटोग्राफर हुने भएको त आफ्नो तस्विर नै गायब P:


“साहित्यक बनभोजमा सहभागी बनौ
नेपाली भाषा र साहित्यलाई माया गरौं'”
भन्ने उद्धेश्यका साथ गएको शुक्रबार यानी 18 February 2011 का दिन - कतारवासी साहित्यिक मनहरुको आयोजनामा कतारको Shamal City को  Al Shamal City Park मा  एउटा ‘वृहत साहित्यिक बनभोज कार्यक्रम’ सम्मपन्न भयो ! यो कार्यक्रमको आयोजक सबै साहित्य कर्मीहरु स्वयं आफै भएको हुनाले कोहि पनि यो कार्यक्रममा सभापति र अथिति रहनु भएको थिएन ! अनौठो र नौलो नै रहेको मान्नु पर्छ ! कार्यक्रमको सञ्चालन भने इश्वर दाहाल कवी जी ले गर्नु भएको थियो !
कार्यक्रममा पहिलो पस्तुती स्वरुप ‘पाइला' एल्बमका गायक गौरभ दर्पणले -
गोधुली साँझ टोलाउछु एक्लै, तिमीलाई नै सम्झेर
जुनतारा हेर्नै सक्दिन,तिम्रो याद आउछ बल्झेर

बोलको गित गाएर सुरुवात गर्नु भएको थियो र आफ्नो एल्बमको बारेमा केहि शब्द बोल्नु भएको थियो !  उपस्थित सबै साहित्यकर्मीहरुले आफ्नो परिचय सँगै मरुभूमिको यो उजाड र जर्जर भूमिमा साहित्यिक तिर्सना मेटाउने सक्दो शशक्त प्रयास गर्नु भएको थियो ! यो देख्दा मलाई यस्तो लाग्यो कि यहाँ साहित्यिक उर्वरतामा कुनै कमि छैन ! परदेशिनुको पिडा र कतारको पर्यावरणले धेरै नराम्रो मात्र होईन केहि सकारात्मक कुराको पनि विकाश गराइ दिएको रहेछ या सिर्जनशील मनहरुको थलो बनाइदिएको रहेछ भन्ने आभास मिल्यो ! यस मानेमा भने मेरो मन केहि खुसि भयो ! कार्यक्रममा करिब 58 जना जती साहित्यकार र पाठकहरुको उपस्थिति रहेको थियो !
रमाइलोको लागि एक छिन कबडी खेल्दै !खाना पुगेन् जस्तो छ : खानको लागि लाइन लाग्दै सहभागी मित्रहरु !
उक्त कार्यक्रममा चर्चित ढुङगेल जी ले कवितात्मक ब्यंग बाण हानेर त्यहाको बाताबरण नै बेग्लै बनाइदिनु भएको थियो भने राजकुमार पुत्ला जी ले कार्य व्यस्तताले प्यारी लाइ पत्र लेख्न नभ्याए पनि सिंह दरवारमा बस्ने सिनोहरुलाई खबरदारी पत्र कोर्न भने भ्याउनु भएको थियो ! छन्द कवि बद्रीप्रसाद पराजुलीले मिठो कविताको स्वाद चखानु भयो भने कवि तिर्थ संगम राई जी ले आफ्नो आमा दिवंगत हुनु भए पछिको नमिठो अनुभूति ! नव कवि ओम बोगटी जी ले “गुगल र फेस बुक मा सर्च नगरेको दिन छैन” भन्दै आफ्नो मायाको कुरा कोट्याउदा इन्टर नेटमा हराउने साहित्यकारहरुलाई एक छिन हसाएका थिए !  कार्यक्रममा विपिन ओझा जी ले अब देखि कार्यक्रमहरु गर्दा अलिक ब्यबस्थित रुपमै गर्नु पर्ने बताउनु भएको थियो भने गजलकार अविरल यात्री  जी ले साहित्यकारहरुमा गुट बन्धी हुनु हुन्न र नया पुराना सबै लाइ उतिकै अवसर र प्रोसाहन दिनु जरुरि छ भन्नु भएको थियो ! हेमन्त परदेशी दाइले भने अहिलेको साहित्यमा आफ्नो र देशको पिडा र समास्याहरु लाइ मात्र नसमेटेर त्यस्तो पिडा र समस्याहरुको साबधान खोज्ने अनि साबधान कसरी गर्न सकिन्छ भन्ने कुराहरु उल्लेख गर्न सक्नु पर्छ ! देशको समस्या त अहिलेको अबस्थामा जो कोहीलाई अबगत भएको कुरा हो त्यसैले समस्या साबधान गराउन बाटो देखाउने काम -साहित्यकारहरुले गर्नु पर्छ भन्नु भएको थियो ! उक्त कार्यक्रममा केहि बेर कबडी खेल खेलेर पनि रमाइलो गरिएको थियो ! जुन मैले स्कुल र गोठालामा खेलेको भन्दा कम थिएन ! कार्यक्रमको अन्तिम तिर एउटा १० मिनेटको गजल लेखन प्रतियोगिता गराइएको थियो जसमा प्रथम चर्चित ढुंगेल (झापाको) हुनु भयो भने अविरल यात्री (हेटौडाको)द्रितीय हुनु भएको थियो ! विजयी हुनु हुने साथीद्रोय लाइ पुन: ब्लग मार्फत बधाई दिन चाहन्छु !
म एउटा साहित्यकार नभए पनि एउटा साहित्यिक अभिरुची र चासो राख्ने पाठको नाताले अनि कतारमा रहनु हुने श्रष्टाहरु सँग प्ररिचित हुने जिज्ञासाले मलाइ यो -बनभोजमा सरिक गराएको थियो -यो मेरो कतार बसाइको एउटा छुट्टै सम्झन लायको जमघट / घुमफिर हुने ठानेको छु !  यस्तो साहित्यिक जमघटको चाजो पाजो मिलाउन लागि पर्नु हुने सम्पूर्ण मित्रहरुमा (साहित्यिक मनहरु प्रति) -म हार्दिक कृतज्ञता जाहेर गर्दछु ! यो मौकामा मु पनि के कुम भन ठानेर' भट्याउन जानी नजानी एउटा गजल हान्दिएको  थिए ! कुनै औपचारिकता विना पनि यति सौहार्द पूर्ण र भव्य अनि उत्साही तरिकाले सम्पन्न भएको यो कार्यक्राम लाइ मैले सकारात्मक रुपमा लिएको छु ! अनि अनेसास कतार च्याप्टरका अध्यक्ष दीपक भेटवाल सर साथै धेरै अग्रज साहित्यिक मित्रहरु सँग जमघटमा रुमलिन पाउदा निकै खुसि लाग्यो ! सबैमा साधुबाद !! ए ! एउटा कुरा झन्डै विर्स्या भन्या' साथीहरुले भने भेटघाटमा राजेश्वर ढकाल जी लाइ फोटो खिच्ने र फेसबुक प्रोफाइल चेन्ज गर्ने कुराको बारेमा जिस्काइ रहेको कुराले मलाई निकै हसाइ रह्यो !Smile
उक्त कार्यक्रमको अन्तिममा छुट्टिनु अघि : अग्रज दाइहरु सँग फोटो खिचाउदै - म !
------०---------०----------०----------
यस  साहित्यिक वनभोजमा सहभागी हुने मित्रहरुको नामवली यस प्रकार रहेको थियो । यो नामवली मध्ये हर्कप्रसाद राई भने कम्पनीको विदा नमिलेको कारण शुल्क तिरेर पनि सहभागी बन्न सक्नु भएन भन्ने जानकारी इश्वर दाहाल ‘कवी'जी ले गराउनु भएको थियो ।
 
ईश्वर दाहाल, दीपक भेटवाल, कमल मरहठ्ठा, इन्द्रमणि नेपाल, चर्चित ढुंगेल, भोजराज दाहाल, परिहास सुब्बा, राजकुमार पुत्ला, युगयोगी राई, हर्क प्रसाद राई, निराजन लुईटेल, फडिन्द्र गिरी, टंकल शाही, राजेश्वर ढकाल, जयराज भट्टराई, सुभाष कोइराला, बद्रीप्रसाद पराजुली, तीर्थ खत्री, राम नारायण चैधरी, किशोर राउत, रतन गौतम, विनोद अर्याल, हंस बहादुर मगर, नीरज चौलागाई, सेलीङ केसी, दीलीप अविरल, नविन लामा, राजेन्द्र खनाल, सन्तोष सिटौला, अब्दुल रजाक, भानु सुनुवार, हेमन्त परदेशी, महेश्वर नेपाल, तीर्थ संगम राई, बासु नेपाल, तुफान शान्त, गौरव दर्पण, ज्ञानेन्द्र प्रसाद अंगाई, कृष्ण क्षितिज, ओम बहादुर वोगटी, विपीन ओझा, बेदनाथ पुलामी, महेन्द्र गुरुङ्ग, शंकर कुँवर, दिनेश खवास, सरोज गौतम, सुरेश नाचिज, अनन्त लम्साल, अविरल यात्री, कमल कार्की, टोपेन्द्र हमाल, लक्ष्मी लामा, कृष्ण कुमारी बोहोरा, कल्पना बोहोरा, रेनुका लिम्बु र ओम प्रसाद लिम्बु रहनु भएको थियो !
उक्त अवसरको पुरै तस्विरहरु हेर्न तल फोटो एल्बम (View Slide Show / Download All) मा Click गर्नु होला ! धन्यबाद !!

2 comments:

  1. बडो रमाइलो गर्नु भएको रहेछ | बिदेशमा बसेर पनि यत्रो र यस्तो जमघट हुनु निकै खुशीको कुरा हो |

    ReplyDelete
  2. वनभोज, त्यो पनि साहित्यिक ! बडो रमाइलो गर्नुभएछ । रोजगारीको सिलसिलामा गए पनि यसरी साहित्यिक र मित्रवत् जमघट गर्न सक्नु निकै हिसाबमा फलदायी हो । रचनात्‍मक त भयो नै, आपसी आत्मीयता र मनोरञ्जनको पनि एउटै मञ्च भएछ । निकै खुसी लाग्यो तस्बिरसहितको बेलिबिस्तार पढ्न पाउँदा ।

    ReplyDelete