यात्रा
















(फोटो स्रोत: Click Here)
यो यात्रा !
गन्तव्यको खोजीमा भौतारी रहेछ !
थाहा छैन उज्यालो कति पर छ !
सायद क्षितिज पारि होला ….
यो यात्रा लम्की रहेछ –उतै तिर !
मिर्मिरेमा शुरु भएको
यो यात्रा !
उज्यालोको खोजीमा लम्केको
यो यात्रा !
गोधुलीमा अन्त्य होला भन्ने डर छ !
कास ! !
यो यात्राको अन्त्य
पुर्णिमाको रातमा भै’दिए !
म मेरो यात्राको अन्त्यमा
विलाप गर्ने छैन ……
म चन्द्रमाको ज्योतिमा
मेरा विम्बहरू खोज्ने छु !
म मेरा छायाहरु सँगै रहने’छु !
अनि खुसीले रमाउने छु !
———————
यो मौसम धुमिए’झै छ !
कालो वादले ढाकेको छ !
साझमा झै मधुरो प्रकाश छ !
कतै कालो मुस्लो सहितको
वर्षा हुन् लागेको त होइन ?
यो यात्रामा
धेरै अवरोधहरु छन …
यो यात्राको आदिम कालमा
मेरो नाङ्गो पाइलाहरु
सुस्त गति बढाउदै छ !
पुन: म दोहा-याउदै छु –
अपवादमा ! !
यो यात्राको अन्त्य
औशिको रातमा भैदियो भने !
म मेरो यात्राको अन्त्यमा
दु:खी हुने छैन ……
म त्यो अन्धकारमा
ताराहरुको रोशनिहरु सँग
मेरा सपनाहरु खोज्दछु !
मन चंगा बनाएर !
यो मेरो यात्रा हो
–उज्यालो को खोजीको !!
त्यसैले त म यो यात्रामा
पुर्णिमाको रातमा
-चन्द्रमाको प्रकाश देख्छु !
रातको मुसल धारे वर्षातमा
–जुनकेरीको प्रकाश देख्छु !
औशिको घोर अन्धकारमा
ताराहरुको प्रकाश देख्छु !
— — —
हुन् त कहाँ सम्म
र कहिले सम्म चल्छ, थाहा छैन !
तर
फिलाल लाइ
जारी नै रहेको छ – यो ‘यात्रा’ !

2 comments:

  1. यात्रा भन्ने कुरा नै यस्तै हो वेदनाथ जी !

    ReplyDelete
  2. यात्रा जारी रहनु पर्छ बेदनाथ जी ।राम्रो लाग्यो कबिता ।

    ReplyDelete