गजल


आपे, हाब्रे, गोक्ते, हाम्रा -उप नामको कुरा !
रम्ने,खेल्ने ,जिस्कने  - हाम्रा गामको कुरा !!

काम छैन ,फुर्सद छैन, दिनभरी डुल्ने !
लंगुर्बुजा,तास ,ढुस - हाम्रा कामको कुरा !!


छुर ,टिकापास,कबडी –खेल्ने हामि भुरा !
लुकामारी, आसपास ,माया -शामको कुरा !!

पढ्न जिरो , मान्छे हिरो , तरुनीको किरो !
पासपोट, भिजा, विदेश, सब -दामको कुरा !!

उद्देश्य, भविष्य,जिन्दगि,सब अन्धकार छ !
नखोज ‘वेद'मा , मरुभूमिको यामको कुरा !!

10 comments:

  1. खेलैखेलको मौसम लागेको बेला मलाइ पनि एउटा गज़ल फुर्यो है बेद्नाथ भाइ !


    जति कार्ड दिए पनि,पारा उस्तै भयो
    भो नगरु खेलमा हुने, छलछामका कुरा

    ReplyDelete
  2. हामी आफैले देखे भोगेका कुरालाई गज्जबले लेख्नु भएछ ....

    ReplyDelete
  3. पढ्न जिरो , मान्छे हिरो , तरुनीको किरो !
    पासपोट, भिजा, विदेश, सब -दामको कुरा !!

    Swadilo..... ! भिन्न खाले गजल, कति गर्नु माया पिरतिका नभएका गन्थन । मन परो

    ReplyDelete
  4. नौलो स्वाद पाँए, मिठो लाग्यो :)

    ReplyDelete
  5. यो गजल लेख्दा अरु बढ्ता आनन्द आएको हुनु पर्छ | यथार्थ लेख्न खोज्दा यस्तो हुन्छ |
    मन पर्यो | यसरी नै चल्दो रहेछ आँखीर जिन्दगी !

    ReplyDelete
  6. धन्यबाद ! कृष्ण जी , मिलन जी ,शिव जी , घोताने जी र मणि जी !

    ReplyDelete
  7. यति मिठो र रमाइलो गजल पढन म त ढिलो पो भएछु बेद जी। निरन्तरताको कामना...

    ReplyDelete
  8. धन्यबाद सुर्य जी !
    म निरन्तता दिने कोसिश गर्ने छु !

    ReplyDelete
  9. Good blog. Nice post and information.

    ReplyDelete
  10. ३ वर्ष पार गर्नु भाछ,शुभकामना।

    ReplyDelete