म र नेता विचको फरक !




मेरो अवस्थाले
मलाइ के सोच्न बाध्य बनायो भने
म र मेरो देशको नेताको हाल एकै छ !
म यो समाजको
या देशको एक नागरिक भनाउदो प्रतिनिधि
अनि म जस्ता
तोरी लाहुरेहरुले भरिएको यो समाज !
यही समाजबाट छानिएर गएको हो नेता पनि !
भन्नुको मतलव
म जस्ताकै जमातबाट
म जस्तै मान्छे
नेता हुन् पुगेको रैछ ...
उसको पनि जीवनमा
उसका योजनाहरुले
मेरो जस्तै फेल खाएका होलान !
रहर थियो डाक्टर बन्ने, ब्यापारी भन्ने
या कुनै फिलिमको हिरो बन्ने 

तर झुक्किएर नेता हुन् पुग्यो
फरक यति हो उ र म मा ...
म -मैले चाहेको केही पनि बन्न सकिन

तर पनि यो देशको नागरिक भए
-बुढ्या र बच्चा सँग बस्दा गर्व गर्छु ...
उसले चाहेको केही पनि हुन् सकेन
तर बाध्यताले उ यो देशको नेता भयो
- कुर्सि र मन्चमा बस्दा गर्व गर्छ !
अनि सम्झन्छु उसले (नेताले) बनाउने 
देश विकाश, संचालनको योजना ...
म विदेशबाट आउदा
मैले बनाएको योजना जस्तै रहेछ ...(मुसुक्क हास्छु ..)
...यो देशको हालत देखेर म भन्ने गर्थे, -
‘...साला चुत्या नेता ..देशको अवस्था बिगारेर खतम गरे’,
तर म पनि नेता भन्दा कम रहेन छु !
अहिले सम्म नेताको योजनाले
देशमा न त संविधान नै आयो न त विकाश नै ...
अनि मेरो योजनाले ...मलाइ कहाँ नै पुर्यायो र ?
बस ! चालिस बाट पैतालिस पुर्यायो …… !
Photo Via : withthecommand.com

2 comments:

  1. Whether you are searching for specialty styling products
    or specific Loreal hair products, you are sure to find what you need.
    Likewise, using imported shampoos and conditioners from a tropical country when your climate is cold and temperate is not such a good
    idea. The product should be one that is made for your type of hair,
    whether it be dry, oily, curly or straight.

    ReplyDelete
  2. As I web site possessor I believe the content material here is rattling excellent , appreciate it for your efforts.
    You should keep it up forever! Good Luck.



    Also visit my homepage: http://somaliairline.so/

    ReplyDelete