म र मेरो साथि जुन !



हिजो अस्ति हो 
एक हुल ताराहरु 
मेरै घरकै धुरी नेर - साउती मार्न आएका !
तारा बन्ने रहर थियो -सानामा 
मेरो बाजे जस्तै !
अनि कति साना -म जस्तै फुचाफुच्ची 
अनि मेरा स्कुलका -साथीहरु जस्तै धेरै !
* * *
आज मेरो आगनमै -नजिकै 
म संग खेल्न र गफिन -आइरहे'छ 
मेरो साथि हुन् र बोल्ला झैँ गरेर -जुन !
तर 
बोल्दैन, मौन रहन्छ 
-अनि 
 म मात्र गफ सुनाइ रहन्छु !
अनि लाग्छ -
साथि होस मेरै जुन जस्तो
अँधेरी लाइ छिचोल्दै
म संग गफिन आउने
मेरा सप्पै कुरा सुनेर बस्ने !

* * *
किन कति खुसि हुन्छु 
जब म आमा संग रिसाएर 
काले संग कुस्ती खेलेर 
भुन्टी संग जिस्किएर 
आउछु जब -साझपाख 
अनि  भन्छु 
सबै उकुसमुकुस र मनका कुरा
 एकै पटक -जुन लाइ !
* * *
लाग्छ मेरो कुरा सुनेर 
उ खुसि भए'छ 
त्यसैले चम्किलो भएर चम्कि रहेछ 
धेरै ताराहरु भन्दा पनि चम्किलो भएर 
- आफु एक्लै हुदा पनि !
* * * 
मैले थाहा पाएको कुरा 
जानेको कुरा 
मैले सुनाउने भनेकै 
मेरो कुरा सुन्ने भनेकै 
पहिलो - जुन हो !
* * * 
जब साझ पर्छ 
जब उज्यालो प्रकास हराउछ 
तब खुसि हुदै उ -म संग
 मेरो गफ सुन्न आउछ 
अनि 
रात रहुन जेल सम्म 
मेरै चौकोसामा म संगै रहन्छ 
अनि मिर्मिरेमै विदा भएर जान्छ
पुन: साझ पर्दै आउछु भनेर 
- मेरो साथि म संग 
* * *


No comments:

Post a Comment