तिम्लाई नसम्झेको पल थिएन ... !


साच्ची तिम्ले भने झैँ !

जिन्दगी जसो तसो त चल्दो रहेछ ...
जति सुकै ठुलो पिडाको भारि
बोकेको किन नहोस - यो जिन्दगीले !
Life Goes on … भने झैँ  ... !!
अनि म कुनै पात्र थिइन
– कुनै नाटकको या फिलिमको !
त्यसैले,
मैले तिमीलाई आफ्नो बनाउन
फिलिमको हिरोले जस्तो
झ्वाट्ट ! हिरोनी फकाउने !!
न त कुनै आइडिया नै रच्न सके
न त जुनतारा झार्ने कुरा गर्न !
अनि अभिनेताले जस्तो
कुनै जबर्जस्त उपाय अपनाउन नै !!
सके त एउटै कुरा गर्न - त्यो हो
जिन्दगी भर सम्झी रहन
अनि तिम्लाई माया गर्न !
बस त्यति हो ! सकेको गर्न - यो जिन्दगीमा !!


अब त डाडापारीको घाम !
यो बुढो घाम, अस्ताउँन कति नै बेर लाग्छ र !
तर पनि अझै पनि यो भन्न सक्छु : ---
यो जिन्दगी भर ...

तिम्लाई नसम्झेको पल थिएन ...

No comments:

Post a Comment