कथा मात्र होइन रहेछ - जिन्दगी !




कसैलाई सुनाउने
कथा मात्र होइन रहेछ
 जिन्दगी !
 मैले झेल्नु पर्ने

यथार्त पनि हो !
सुन्ने लाई त, सलल ... बगे जस्तो 
रमाइलो र एका देशको कथा झैँ लाग्ला !

 तर
सहने र व्यहोर्ने लाइ त्यस्तो नहुदो रहेछ !
सायद भन्नु / सुन्नु र भोग्नुमा रहेको
भिन्नता भन्नु नै यहि हो कि ?
जसरी विगत सधै वर्तमानका लागी
एउटा मिठो याद,
तृष्णा भएर बस्छ !
जब कि उति बेला आफुलाई
उक्त समय त्यति निको लागेको हुदैन
 तर नि .... त्यो सम्झना –
मलाइ मन पर्ने चकलेट झैँ लाग्छ !
'विहान हिडेर वेलुका घर फर्किनु रैछ जिन्दगी' 
 यो जिन्दगी 
'जन्म लिएर मृत्यु सम्म पुग्नु रैछ - जिन्दगी'
  अनि अरु पनि खै के के ठान्दछन .... :)

Photo Via worksmartmompreneurs.com 
 

No comments:

Post a Comment