आकाश हासिरहेछ !


आहा !!
कति राम्री यार ! :) 
म त हेरेको हेर्यै ...
उ केहि भन्छे
म केहि पनि बुझ्दिन
अनि
म केहि भन्छु
उ केहि नबुझिकन मुस्कुराउछे !
याद छ अझै
अन्तिम पटक हात हल्लाएको क्षण
मेरो अघि मुस्कुराएको पल
उसको अघि आफ्नो खुसी पोख्न सकिन !
अनि पछी तिन बित्ता उफ्री हेरे !
पहाड जिते झैँ भयो – खुसी उम्लेर !
भेटमा भन्थे –
कस्तो छ ? ठिक छ ? सन्चै ?
(............ .............. .............)
लाग्थ्यो उसको कम्मर देखि माथिको भाग
एउटा रबरको लठ्ठी हो
दाँया , बाँया गरेर शिर सम्म हल्लिन्थ्यो
मुहारमा – उत्त्साह बोकेको हासो सहित,
जसले बताउथ्यो उसको अवस्था !
लाग्छ आकाश हासिरहेछ
दिनमा - सुर्य त
रातमा - चन्द्रमाको टिका लगाएर !
प्राय : कम बोल्ने म
मन मनै त – धेरै बोल्ने गर्छु J
एक पटक त फ्याट भनी हाले’छु
यति राम्री सँग त
जीवनमा कम्तिमा
चार / पाचँ पटक विबाह गर्नु पर्छ !
चार / पाचँ पटक रे ! उसले भनी
‘किन र ? मैले थोरै भनेर’ – भन्दै हासे’थे !
उसले भने गोलभेडा जत्रो आँखा बनाइ 
निचर्यो भने अहिल्यौ नै फुट्छ जस्तो !
मलाइ लाग्यो भाइ यही हो इन्टरभल्ब
फिलिमको जस्तो, मेरो लाइफको !
तर मलाइ के थाहा
यो नै कथाको अन्तिम सिन हो भनेर !
................ ................ ...............
निकै लामो समयको अन्तरालमा
पुन: फेरी भेट भो उ सँग
भने – समय मिलाउ,
संगै बसेर एक छिन गफ गरौन !
डेटिङ्को सेटिंग जस्तो लागे’छ  कुन्नी ?
थोत्रो कपडा झैँ
उध्रिदै भनि ....
‘अब म एक छिन पनि तिमि सँग समय विताउन सक्दिन”
मैले भने – ‘किन?’
‘किन कि !
फेरी मलाई प्यार हुन्छ - तिमी सँग !
अनि तिमी लाइ हुदैन – फेरी, पहिले जस्तै !’
“..........., ........................, .....................”

Photo Via : theholidayspot.com

No comments:

Post a Comment