हात्ती छाप चप्पल !




मेरा हातको
जेठो औलाको लम्बाई जतिकै मोटो
एक बित्ता भन्दा अलिक बढी
ठ्याक्कै मेरो पैताला भरिको लम्बाई भएको -
फ्याट फ्याटे चप्पल लाइ
मेरो लुइरे ज्यानले
किचिक्क कुल्चदा
म जस्तो
मतवाली छोरोको नाक
अनुहारमै लिप्पिक टासिएको झैँ
चप्पल भुइँसँग लपक्क टासिन्थ्यो  !

लाग्थ्यो मो पनि
मोयासँग उसरी नै लपक्क तास्सिने गरी
अघिल्लो सिटमा राखेर
चौधरी साइकलमा सरर र र ...
बजार घुम्न पा ....
क्या मज्जा हुन्थ्यो !


बलियोमा अहिलेको
जगदम्बा सिमेन्ट भन्दा
नामी थियो उ बेला त्यो चप्पल
हाती र हाती छाप चप्पल
उस्ता उस्तै हो नानु भन्ने त्
उखानै चल्या भन्या :) 

कति पटक त्यसका
लोतीहरु चुडिएर हैरानै पारेथ्यो
जिन्दगीका सपनाहरु जतिकै चुडीरहने
विच बाटाहरुमा ....
साध्ये छैन गनेर / भनेर !

उबेलामा त सानै भए’नी
कति सजिलै गास्न सक्थे – म
टुक्किमा हात्ती छाप चप्पलका लोतिहरु ...
तर अहिले यति धेरै ठुलो भए’छु
मन चुडिएको गास्न नै सक्दिन !

स्कुल नजादै भन्न सक्थे
आत पात पचासं ....
लुकामारी खेल्दा खेरि
मैले यति चाडो गन्दा
गोरे ! भाग्न र लुक्न नै भ्याउदैनथ्यो , विचरा !!!
अनि उ सबै भन्दा पहिला
लडू आसपास हुन्थ्यो
म उ सँग बोल्दिनथे त्यसैले
किनकी उ सँग झगडा पर्याथ्यो
हात्ती छाप चप्पलले गर्दा !

फ्याट फ्याटे चप्पलहरु मध्येकै
ह्याण्डसम चप्पल थियो
हात्ती छाप चप्पल
त्यसैले त
कत्रो शान’थ्यो मेरो
हात्ती छाप चप्पल लाउनुमा !
हात्ती छाप चप्पल लगाएर
हिड्नुको मज्जै बेग्लै
हात्ती छाप चप्पल लगाएर
दौड़नुको मज्जै बेग्लै
हात्ती छाप चप्पल लगाएर
प्याट प्याट पडकाउदै हिड्नुको मज्जै बेग्लै !
हात्ती छाप चप्पल लगाएर दौड़नुको मज्जै बेग्लै !

त्यसैले त भन्छु नि :-
हाती र हाती छाप चप्पल
उस्ता उस्तै हो नानु भन्ने त
उखानै चल्या .....
त्यसै हो र :(

No comments:

Post a Comment