जवानी मेरो तिम्रो लागी !




मुख फोर्न नसक्नेहरु
हावाको झोक्का भएर
स्पर्स गर्न आइ पुग्छन रे !
उसो'भा म हावा हुँ  ....
उडाएर लैजान आइपुग्छु  - तिम्लाई ! !

कहिले काही त् लाग्छ
बर्खे झरी बनेर बर्षीयौ – तिमीमा !
त्यसैले त मलाइ डाहा लाग्छ -
ति पानीका थोपा देखी  
जसले तिम्लाई वेप्रबाह रुझाई रहेका हुन्छ ! !


रुझेको तिम्रो शरीर
हेर्दा यस्तो लाग्छ
बैंसको भेल आइरहेछ ...
थाहा छैन त्यो भेलले –
म जस्ता कति लाइ बगाएर लगी सक्यो !
रतुवा खोलाले जस्तै !!

कास म ऐना हुन सकेको भए
तिम्लाई धित मरुनजेल हेर्न पाउने थिए !
अनि तिम्रो र मेरो भेट सधै हुने थियो :) !!

कुनै सन्देह नगर
यो जवानी मेरो
तिम्रो लागि साचेको छु !
अनि मायाको त कुरै नगरन :) !! 

फोटो Via : गुगल !

No comments:

Post a Comment