मेरो आमा संग - नसुत ! [ लघु कथा ]




Photo Via : deviantart.com
केहि बर्ष अघि म विविध कारण र पैसो कमाउने रहर बस, विदेशिन पुगेको थिए ! गाउ, घर ..र आफन्त लाइ के कस्तो छ भन्ने कुरा थाहा पाउन र आफ्नो बारेमा थाहा दिन वेला वेलामा म फोनबाट सम्पर्कमा रही रहन्थे ... गाउले मित्रहरु र आफन्त सँग ! तर एक पटक मेरो छोरो सँग भएको संबाद यस्तो थियो :-
‘ ...के रे ? कहाँ गएको रे’ भन्दै मेरो छोरो लाइ म सोध्दै थिए !

‘अँ..क्ल  को बे’मा ...’ (अंकलको बिबाहमा )  उ तोते बोलीमा सकी नसकी भन्दै थियो !
‘अनि रमाइलो होला नि’
उ भन्दै थियो –‘क्या मोज्ज़ा ... मामुले नया लुगा ल्याइदिसियो (मोरा यहाँ यत्रो दु:ख गरेर पोइसो पठाई दिने म ... अनि उसलाई मामु प्यारो लाग्ने :) ) ... त्यहि लुगा लागेको छु आज, चिची नि कति धेरै खाइयो !
तपाई पनि छिट्टो आउनु न ... तपाइको नि बे’गर्नु पर्छ (बिबाह गर्नु पर्छ ) !
.... मोर मैले बिहे नगरी त कसरी जन्मिस ....भनेर भनि चाहि हालिन  ... लामो हासो मात्र हासेर .... मन मनै सोचे ... पछी ठुलो भए’छी सप्पै कुरा थाहा पाउलास साले भन्दै फोन राखेको थिए !
***         ***               ***               ***
त्यसको बर्ष दिन पछी म दुइ महिने छुट्टीमा घर आए ! धेरै खेलौना, केहि मिठाइ र लगाउने नयाँ लुगा ल्याई दिएकाले होला ... सुरुमा मेरो सामिप्यमा आउन अप्ठेरो माने पनि छिट्टै म सँग घुल्मिल्यो मेरो छोरो म संग ! केहि दिन पछी म उसलाई पापा पनि अलिक कम ल्याउन थालेको थिए बजार बाट अनि उसको केहि गल्तीमा हल्का उसलाई हप्काउन र कराउन थालेको थिए ! एक दिन साझ सुत्ने समयमा ... (सायद त्यस दिन उ म देखि रिसाएको हुनु पर्छ, किन भने त्यो दिन दिउसो मैले उसलाई पिटेको थिए ... मुख छाडा गरेर बोल्यो भनेर ! ... सायद त्यसबेला सम्म त्यो रिस उ संग रहेछ क्यारे !)
उसले मलाइ लातले हान्दै / ठेल्दै ... भन्दै थ्यो .. ‘उता जा, मेरो आमा संग सुत्छस, नसुत ! उता जा’ ........

(म मेरो बुढ्या संग सुत्न खोज्दा दोस्रो पुरुष मेरो अघि मेरै बुढ्या संगै लप्पक टासिएर मलाइ नै हप्काउदै त्यस्तो भन्छ भने ... झनक्क रिस उठ्नु सभाबिक नै थियो – तर मलाइ त्यस्तो भन्ने अरु कोहि नभएर मेरो आफ्नै लाड्लो छोरो थियो)

No comments:

Post a Comment