लाइन लाग्न जन्मेकाहरू [ कविता ] # गाइजात्रा विशेष #


 हाम्रा बा’जे ले
‘सन्तानले डाँडा-काँडा ढाकुन’
भन्ने आशिर्बाद दिए’सी –
लाइनका ताँती लाग्दै
जन्मेका न परिम – हामी !
हुन त हाम्रा बा पनि
दुई घण्टा परको धारमा
पानि भर्ने लाइन मै जन्म्या रे :)
हामी त लाइन लाग्दै पो ... जन्म्या त !  ... भट्टा भट !
त्यसैले त अहिले
तिन करोड नेपाली भन्दा बढी भै सक्यौ :P

अनि हाम्रा गुरुले नि
लाइन लाग्नै सिकाएका थिए
कखरा सिक्दै – स्कुलमा !
त्यसबेला देखि नै जान्या कुरा न हो –
पानि देखि मट्टीतेल भर्न सम्म मात्र काहाँ हो र ?
फिलिम हेर्न देखि शान्तिपूर्ण आन्दोलन गर्न पनि
लाइन नै लागेका थिम !

राजाका पालामा दशैमा टिका लगाउन होस
या
मन्त्रि बन्नका लागि नेता बन्ने लाइनमा  
त्यसै त काहा बस्या हौं र ?

औसोधो उपचार गर्न लाइन
सार्बजनिक स्थलमा ट्वाइलेट जान लाइन
विदेश जान लाइन
यसरी जता ततै लाइन लाग्नु पर्ने भएको ले होला
घरमा आमाले भन्या हुन्थ्यो –
‘कान्छा होस् गर, बेलैमा बुद्री पुर्याएर
लाइन लाग
नत्र पछी पछुताउनु पर्ला
जिन्दगीमा केहि गर्न सकिन भनेर !'

हो रै’च भाइ
कोरिया काम गर्न जान भनेर
फारम भर्नेहरुको लाइन देख्दा
त्यस्तै लाग्यो मलाइ पनि !
कुनै बेला फोनको सिम कार्ड लिन जादा पनि
 त्यस्तै ताँती थियो !

मलाइ यस्तो लाग्यो
हेर ! लाइन लाग्न जन्मेकाहरुको ताँती !
जो देश भक्तिको कुरा गर्दै ...
तर
देशमा बस्ने रहर नभएकाहरुको भिड न पर्यो !

  हो रै’छ नेपालीहरुको राष्ट्रभक्ति !
अंग्रेजी ट्वाइलेटमा बसेर नि
नेपाली तरिकाले टटी गर्न जान्ने :)
आफुलाई भने कुनै दिन 
यो देशमा - बिबाह गर्न नि 
यस्तै लाइन लागेरै 
बस्नु पर्ला भने पिर छ :) :पी
#जय गाइजात्रा # 

Photo Via : NagarikNews 

No comments:

Post a Comment