डब्बल खुसी [ कविता ]



मेरो माग एउटै थियो
त्यो पुरा नभए’सी
विरोध स्वरूप
आन्दोलन स्वरूप
बन्द गरे मैले
लाइक, कमेन्ट र मेसेजहरु
अनि बन्द गरे पुरै
सोसिएल नेटवर्कका एकाउन्टहरु
लाग्थ्यो अब तिमी जल्छौ
लाग्थ्यो अब तिमी गल्छौ
तर  तिमी त :-
निक्कै जब्बर पो रहेछौ,
              नेपाल सरकार भन्दा नि’बढी :)

मेरो बिरोधको बन्दहरुमा
खुसीले फुरुंग पो भए’छौ !
वर्षायाममा धान रोप्दा – टाँसिएको जुका !
खुट्टा बाट झरे पछी ....
खेतका आलिमा
उभिएको क्षण भन्दा डब्बल खुसी !

Photo Via : trulygraphics.com

No comments:

Post a Comment