'झोला' को दमकमा च्यारिटी शो हुने [ फिल्म शो ] १८ र १९ पुसमा ! दमक चित्र मन्दिरमा !


गत शनिबार 'पढ्ने घर' र 'Youth For Blood' दमकको सहयोगार्थ नेपाली फिल्म 'झोला' को च्यारिटी शो देखाउने बारेमा छलफल तथा प्रेस मीट कार्यक्रमको क्रम मा, उक्त फिल्मका लेखक कृष्ण धारबारी दाइ र झोला फिल्मका टिम सँग भेट्ने मौका जुर्यो ! कृष्ण धाराबासी नाम र व्यक्ति सँग मेरो  यस अघि भेटघाटको साइनो थिएन र'पनि म मा त्यस नाम र व्यक्ति प्रति भने  बढी नै आत्मियता थियो ! करिब ८/९ वर्ष अघि हुनु पर्छ, 'स्पन्दन' रेडियो कार्यक्रममा 'झोला' कथा सुने पछि भने कृष्ण धाराबासीको नाम भने विर्सिनै सकिन ! सायदै हुनु पर्छ यो जस्तो उत्कृष्ट कथा मैले पढेको छैन आज सम्ममा अनि उतिनै तार्किक र ओजिलो शब्द समायोजन पनि ! त्यसैले उक्त कथा लाइ प्रत्यक्ष रुपमै मैले ३ सय भन्दा बढी मित्रहरुलाइ यो कथा सुन्न या पढ्न  सजेस्ट पनि गरेको छु भने कति लाइ त आफैले फोन मेमोरीमा लगाइ दिएको थिए - सुन्नुस भनेर  ! अनि त्यस भन्दा बढी कुरा गर्ने हो भने 'शरणार्थी', 'राधा' र आधा बाटो जस्ता उहाका कृतिले अझ परिचित झैँ र नजिकको बनायो मलाई ! नभेटुनजेल सम्म  सधै कस्तो हुनु हुन्छ होला भन्ने त लाग्थ्यो तर त्यस दिनको करिब २ घण्टा सम्मको भेटघाटमा उहा सँगका अन्तरंग कुराकानीमा उहाले गर्नु भएको मित्रवत कुराकानीले अझ आत्मियता बढाई दिएको छ !

युथ फर ब्लडको सहयोगार्थ तथा पुस्तकालय निर्माणको लागि साहित्यकार कृष्ण धराबासीको "झोला" कथा र त्यसमा बनेको फिल्म "झोला" को च्यारिटी शो यहि पुष १८ र १९ गते दमकको ‘दमक चित्र मन्दिर’ मा हुने भएको छ | समय : विहान : 8 बजे देखि ! सबैजना आउनुहोला ||
टिकेटको लागि : ९८१६००१९०० / ९८१६९७५१५४ / ९८४२७९०६२२ ||
टिकट : रु . २,००० | -, रु . १,००० |-, रु.५०० |- र रु. २०० |- मात्र रहेको छ !
म नेपाली भाषा साहित्य प्रति केहि झुकाब भएको मान्छे भए पनि नेपाली फिल्म भने कमै हेर्ने मध्ये को एक हु ! तर फेसबुकमा 5 December मा Pramila Thapaliya सिस्टरले 'झोला' निक्कै राम्रो लागेको र अभिनयले अन्य कथाहरु लाइ अन्याय नगरी न्याय गरेको जस्तो कुरा उल्लेख गर्नु भएको थियो ! कमेन्टमा यस्तो कुरा भएको पनि थिए :-


कथा सुनिसकेको / पढिसकेको भए पनि कथा निकै उत्कृष्ठ भएको कारणले एक पटक हेर्ने भन्ने म लगायत मेरा केहि साथीहरु सँग सल्लाह भएको पनि थियो तर संयोग नै मान्नु पर्छ : 'पढ्ने घर' र 'युथ फर ब्लड' को अनुरोध लाइ स्वीकार गरेर झोला फिल्मको टिमले जुन विश्वास र भरोसामा च्यारिटी शो गर्न दिनु भो ! त्यसका लागी उक्त टिम लाइ धन्यवाद नदिरहन सकिदैन ! अनि यस 'च्यारिटी शो' को अग्रिम सफलताको कामना गर्दछु ! यस्ता कुनै पनि कार्यक्रमहरु  'पढ्ने घर' र 'युथ फर ब्लड' जस्ता सामाजिक सस्थाको लागी भने निक्कै सहयोगी सिद्ध हुने'छ ! 

अन्तमा उक्त भेटका केहि झलकहरु :-

प्रेस मिटमा : 'झोला' फिल्म र च्यारिटी शो को बारेमा जानकारी गराउदै !

अन्तिममा सामुहिक फोटो खिचाउदै , पढ्ने घर र हामी युथ फर ब्लडका मित्रहरु : फिल्मको टिम सँग !

No comments:

Post a Comment