यसरी विताइयो गएको वर्षको विदाका दिनहरु [ सम्झना ]


समय, पलहरु, वर्षहरु र जुगहरु जसरी वितेर गए, त्यसरी नै मान्छेहरुको खुसी हुने / बन्ने रहरहरु विलय भएर कहिल्यौ टाढा गएनन् !  त्यसैले होला हामी आफ्नो हरेक खुसीको निम्ति जिन्दगी भर यसरी  लडिरहेका हुन्छौ की वास्तवमै हामी जिउनै बिर्सन्छौ र अनि आफ्नो वास्तविक धरातल नबुझेर बडो ठुलो खुसीका पछी लाग्छम तर हाता लाग्छ त दु:खै दु:ख ! जस्तो हामी धेरै सम्पति कमाउनु, फस्ट भएर पास हुनु, राम्रो भनिने रोजगारी मिल्नु, धनि राष्ट्रको भिजा मिल्नु आदि आदि मात्र हाम्रा खुसि हुन् जस्तो गर्दछौ ! तर हामी आफ्नै स –साना अन्तरंग रहने घटनाहरुमै थोरै थोरै भए पनि खुसि लुकेर रहेको महसुस गर्न सक्द रहेछौ !
हुन् त म बढी घुम फिरमा रमाउने मान्छे परे तर यस बर्ष (२०१३ ) भने एक / दुइ ठाउँ देखि बाहेक खासै डुल्ने जमर्को मिलेन ! त्यसैले प्राय : छुट्टीको दिनहरु (शनिबार र आइतबार ) मा - म आफ्नो मूल घर (कोहबरा -४) गएर विताए ... तर मलाइ यसरी विताएका दिनहरु अहिले सम्झन्छु पहिला जस्तो अत्यास लाग्दो र झुर कहिल्यै लागेन ! बरु अझ बढी आनन्द र रमाइलो महसुस गरे !
कहिले घरको काममा त् कहिले खेतीको काममा लागे, ममी, भाउजुहरु र कामदारहरु सँग गफिएर काम गर्दा र खेतको आलिमै बसेर खाजा खादा पनि स्वादिलो लाग्यो ! सायद धेरै लामो समयको अन्तरालमा उक्त काम गरेकाले र आफ्नो अफिसको काम बाट वाक्क भए’सी फरक किसिमको काम गर्न पाउदा त्यस्तो अनुभूत भएको हुनु पर्छ जस्तो लाग्यो ! अनि  कहिले साना भाइहरु सँग मिलेर घाउ घरमा हुने ‘भाले ग्याम’ (फुटबल म्याच) खेलियो ! सामुहिक साइकिलिंग, साना नानीहरु (दाइको नानीहरु + भान्जाको नानीहरु ) सँग गाउँ, बजार, खोला बजार डुल्दा ... तिनले हसाएको क्षण झन् मिठो रह्यो !
गाउँको साइकिलीङ्ग गर्दाको फोटो !
समग्रमा यो वर्ष मेरो लागी मध्यम नै रहेको मान्नु पर्छ ! उल्लेख योग्य ठुलै प्रगती केहि भएनन् ... पूर्वी नेपालमा रहेका भुटानी शरणाथी र शरणाथीले प्रभावित क्षेत्रका वासिन्दा लाइ Information, Communication & Technology (ICT) education को बारेमा ट्रेनिंङ्ग दिने कार्य लाइ निरन्तरता दिन सके, Youth For Blood सँग सम्बद्ध भएर केहि ‘जीवन जोगाऊ’ अभियानमा साथ् दिन पाए, साहित्यिक पठनपाठनमा केहि उपन्यास, कथा सङ्ग्रह र निवन्धका बुक पढ्ने मौका मिल्यो भने लेखनमा कवितामै सिमित भैयो ... ! तर यी स-सानै कामहरुमै एउटा अनौठो आनन्दको अनुभूति लिन सकेकोमै मलाइ खुसी लागेको छ ! अनि सबै भन्दा अर्को आनन्दको कुरा आफ्नो विचार र धारणा  फेसबुक स्टाटस र टुइटर अनि ब्लग बाट यहाँहरु समक्ष शेएर गर्ने कार्य लाइ अघिल्ला वर्षहरुमा झैँ यस वर्ष पनि उतिकै निरन्तरता दिन पाए ! त्यस मध्ये मेरो फेसबुक स्टाटस सबै भन्दा बढी मन पराइदिनु भएको पाए ! कति साथिहरुले भेटेरै त कतिले मेसेज छाडेर फेसबुक स्टाटसको प्रसंगमा फुर्क्याउनु भयो भने केहि स्टाटस भने केहि स्थानीय पेपरमा पनि छापिन पुग्यो ! त्यतिले पैसा नमिले नि आत्मसन्तुष्टी त मिल्यो थोरै भए नि ! कति पैसाको पछी मात्र लाग्नु
नराम्रा कुराहरुको कुरा गरेर कहिल्यै सक्किदैन ! त्यसैले मैले यहाँ नकारात्मक कुरा को प्रसंगहरु उठाइन !
नानीहरु सँग खोलाको बगरमा डुल्न जादा 
यहाँ म मलाइ आनन्द लाग्ने केहि कुराहरु उल्लेख गर्न चाहन्छु !
v  साझमा ममी या फुपुको काखमा सुतेर – लामो समय सम्म गफ गर्न पाउनु !
v  साझमा खाना खाएर (जुठै हात लिएर ) –अवेर सम्म दिदी/ बैनी, दाजु/भाउजु र ममी सँग गफ गरेर बस्न पाउनु !
v  आफ्नो स्वतन्त्र विचार लेखन गर्न बस्ने समय !
v  उनलाई आफ्नो बनाउन नसकेकोमा – उनकै यादमा सिरानीलाई अँगालो मारेर सम्झनामा डुबेको पल ! अथवा मोबाइलको हेडफोनको मिठो गीतमा डुबेको पल – सुत्ने समयमा !
v  कुनै पनि भोजमा जादा – भोजमा मासु या बढी गुलियो चिज नभएको थाहा पाउदा – बढी खुसी र आनन्द लाग्छ !
v  रोलर स्केटिङ्ग र फुटबल खेल्न पाउदा !
v  ब्लगीङ्ग संसारमा रमाउन पाउदा !
v  बढी कामको चटारोले च्यापेको भोलि पल्ट छुट्टी छ भने, उक्त छुट्टीको दिन विहान अवेर सम्म आनन्दले सुत्न पाउदा J !
यी सामान्य कुराहरुमा म यसरी सामान्य तरिकाले सामान्य खुसी र आनन्द खोज्ने गर्दछु ! जुन मेरो जीवनको मिठो अतित हुन् सकोस भनेर ! यदि ठुला उपलब्धी र खुसी जुटाउन सकिदैन भने खुसी आफै भित्र र आफ्ना ससाना प्रसंग र उपलब्धिमा नै खोज्ने गरे, खुसी रहन सकिन्छ कि ? त्यसैले यस नयाँ वर्षको उपलक्ष्यमा म मेरा सबै मित्रहरु, आफन्त, पाठक तथा शुभ-चिन्तकहरुमा खुसी प्रगती र उपलब्धिमा मात्र होइन, खुसी आफै भित्र खोज्ने गरौ भन्दै नयाँ वर्ष २०१४ को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु !

साथै मैले गएको वर्ष मेरो छुट्टीका दिनहरुमा घर गएर विताएको पलहरुको केहि झल्को यो पोस्ट संगै यो ब्लगको पोस्टमा टास्ने जमर्को गरेरको छु ! खुसी हुनुस .... खुसी रहनुस ... ह्याप्पी ब्लगीङ्ग ! (Y)

धान काट्न जादको स्न्याप्स !

धान उठाउदै गर्दा !

परालको माच राख्दै गर्दाको 
पोखिएको खुसी - नानीहरुको :-)

Oh my Dear, Forget ur Fear,

Let all ur Dreams be Clear,
Never put Tear, Please Hear,
I want to tell one thing in ur Ear
Wishing u a very "Happy NEW YEAR"! 




& jst Remember :-
Life is short, break the rules,
Forgive quickly, L0p truly, laugh uncontrollably, and never regret anything that made you smile  





Bye bye to 2013 


No comments:

Post a Comment