इमेल पूरा नै नभईकन वा गलत व्यक्तिलाई झुक्किएर पठाइयो भने के गर्ने ? यदि तपाईं जीमेल प्रयोगकर्ता हुनुहुन्छ भने एउटा यस्तो फिचर उपलब्ध छ, जसमार्फत सेन्ड गरसिकेको इमेललाई पनि 'Undo' गर्न मिल्छ। यसका लागि जीमेलको 'Setting'मा गएर 'Labs' ट्याबमा क्लिक गर्नुपर्छ। त्यसपछि देखापर्छ, विभिन्न फिचरहरूको लिस्ट। तीमध्ये 'Undo Send' फिचरलाई Enable गर्नुपर्छ। यो सेटिङ्लाई Save गरेपछि एकपटक तपाईंको इमेल Restart हुन्छ ।
चित्र नं. २
यति गरसिकेपछि कुनै पनि मेल पठाउनासाथ मेल सेन्ड भएको जानकारी सँगसँगै अन डु अप्सन पनि देखा पर्न थाल्छ। त्यसलाई क्लिक गरेर पठाइसकेको मेललाई अन डु गर्न सकिन्छ। तर, यो सुविधा मेल पठाएको १० सेकेन्डसम्म मात्र उपलब्ध हुन्छ। यो अवधिलाई 'सेटिङ्स'भित्र 'जनरल' ट्याबमा गएर 'अन डु सेन्ड' अप्सनमार्फत ३० सेकेन्डसम्मलाई लम्ब्याउन सकिन्छ।
Photo Via: Google




No comments:
Post a Comment