Fault at Google Translate [ Nepali Language ]


आज अफिसमा बसेर यसो साथीहरुको Twitter हेर्दै थिए ! फ्याट एउटा टुइटर बाट थाहा पाए कि Google Translate ले नेपाली फन्ट लाइ पनि समेट्न भ्याई सकेको रहेछ ! यसले अब इन्टरनेटमा नेपालीहरुको पहुच पक्कै पनि बढ्ने देखाउछ ! अनि खुसी लागेको छ आफ्नो कुरा अब विश्वको कुनै पनि कुनामा त्यहिको स्थानीय भाषामा पुर्याउन सकिने'छ भनेर अनि त्यहाको कुराहरु आफ्नै नेपाली भाषामा पढ्न पाइने छ ! यस बारेमा मैले यहि ब्लगमा पहिलो पटक  ( Friday 12 Aug 2011) र दोस्रो पटक (Monday 13 May 2013) "नेपाली भाषा लाइ गूगल ट्रान्सलेट मा समावेस गराउन पहल गरौ"  भन्ने अपिल गरेको को थिए !  साथै यहि  कुरा लाइ आफुले जानेको र सकेको वेब आफिसिएलमा सक्दो मेल र शेएर गरेको पनि थिए ! तर त्यस बारेमा त्यस भन्दा बढी कुनै चित्बुझ्दो जानकारी लिन र प्रयास गर्न भने भने थिन सकेको थिन ! तर आज एक्कासी यो सब कुरा सम्भव भएको देख्दा औधि खुसि लाग्यो र दु:ख पनि ! गूगल ट्रान्सलेटमा नेपाली भाषालाइ यस्तो कम्जोर अवस्था देखाएर ब्याजत गराइयो जस्तो लाग्छ त्यसैले मलाइ गूगल ट्रान्सलेटमा नेपाली भाषा समावेस भएकोमा खुसी भन्दा बढी दु:ख लागेको छ !
Google Translate के हो भनेर जान्न चाहनु हुन्छ भने यहाँ  Click गर्नुस !

हेर्नुस तल चित्रमा  गूगलको ट्रान्सलेट पेजमा नेपाली फन्टको लिस्ट समाबेस भएको देख्न सक्नु हुने छ !
चित्र नं. १ 
दु:ख यो मानेमा कि तपाइँ आफै गुगल ट्रान्सलेट गएर कुनै अरु भाषामा केहि कुरा लेखेर नेपालीमा ट्रान्सलेट गरेर हेर्नुस या नेपालीमा केहि लेखेर अरु कुनै भाषामा ट्रान्सलेट गरेर हेर्नुस ! भाषिक गल्ति हदै मात्रामा पाइन्छ ! यस्तो गल्ति सच्याउन सम्बन्धित निकाय / टिम / सस्था अझ शशक्त भएर लागोस भन्ने चाहन्छु ! नत्र त नेपाली भाषा र भाषा विद अनि आइटी टेक को पनि ब्याजत मात्र भएको ठानिने'छ !
तल चित्रमा उक्त कुरा प्रष्ट देख्न सक्नु हुने'छ !
चित्र नं. २ 
चित्र नं. ३  

ढिलै भए पनि नेपाली भाषा र नेपाली प्रसंगहरु (कला, साहित्य, संस्कृती तथा घटना ) लाइ विश्व सामु पुर्याउने भएको यो प्रयासको लागी म सम्बन्धित पक्षलाइ मुरी मुरी धन्याबाद तथा कृतज्ञता जाहेर गर्दछु साथै यसमा भएको त्रुटी लाइ यथा सक्य चाडो सुधार गरियोस भन्ने चाहन्छु ! धन्यबाद !!

No comments:

Post a Comment

आफुले गरी सकेको मेल लाइ Undo गर्ने हो कि ? at [ G-mail ]
आफुले गरी सकेको मेल लाइ Undo गर्ने हो कि ? at [ G-mail ]
इमेल पूरा नै नभईकन वा गलत व्यक्तिलाई झुक्किएर पठाइयो भने के गर्ने ? यदि तपाईं जीमेल प्रयोगकर्ता हुनुहुन्छ भने एउटा यस्तो फिचर उपलब्ध छ, जसमार्फत सेन्ड गरसिकेको इमेललाई पनि 'Undo' गर्न मिल्छ। यसका लागि जीमेलको 'Setting'मा गएर 'Labs' ट्याबमा क्लिक गर्नुपर्छ। त्यसपछि देखापर्छ, विभिन्न फिचरहरूको लिस्ट। तीमध्ये 'Undo Send' फिचरलाई Enable गर्नुपर्छ। यो सेटिङ्लाई Save गरेपछि एकपटक तपाईंको इमेल
भन्छन #सायद [ कविता ]
भन्छन #सायद [ कविता ]
भन्छन :- मनको कुरा मनसम्मै  पुग्छ रे ! त्यसैले होला यो फेसबुकको कुरा फेसबुकमै अड्किएको र तिमी सम्म नपुगेर  :) भन्छन :- मान्छेका आँखा भनेका आत्माको झ्याल हो रे ! हो त्यही झ्याल बाट हेर्दैछु #तिम्लाई ! भन्छन :- भेट्नु र नभेटिनुमा अन्तर नभए'छी भेट नभएको हुँदो हो #सयाद ! तिम्रो र मेरो :)