# नेपाली भाषालाइ Google Translate मा समावेश गराउन पहल गरौ !!


के हो त Google Translate ? यो एक सरल इन्टरनेटको माध्याम द्रारा भाषा परिवर्तन गर्ने गुगलले तयार गरेको त्यस्तो वेबपेज एप्लिकेशन हो ! जसको माध्यमबाट हामीले सजिलै कुनै एक भाषाको text or website /Blog page र document लाइ सजिलै अर्कै भाषामा परिवर्तन गरेर पढ्न या बुझन सक्ने छौ !  यसमा गुगलले अहिले सम्ममा विश्वको 72 भाषालाइ समावेश गरेको छ ! भन्नुको मतलव ति 72 भाषामा रहेको कुनै पनि text or  website /Blog page र document लाइ एक भाषा बाट आफुले चाहेको (त्यो 72 मध्ये कुनै पनि भाषामा ) भाषामा परिवर्तन गराउन / पढ्न र बुझन सकिन्छ !
जस्तै तल चित्रमा हेर्न सक्नु हुनेछ :- (अहिले सम्ममा विश्वको 72 भाषा लाइ समावेस गरिएको पाइन्छ !)
bednath blog
हो ! हामीले नेपाली भाषा लाइ Google Translate मा समावेश गराउन सकियो भने नेपालीमा लेखिएको कुनै पनि डकुमेन्ट ब्लग या वेबको पेजहरु लाइ सिधै विश्वको धेरै भाषामा ट्रान्स्लेट गराउन सकिन्छ !

# Google Translate मा नेपाली भाषा लाइ राख्न सके - फाइदा के छ त ?
  • कुनै पनि सामान्य नेपालीले विश्वको विभिन्न कुनामा रहेको भाषा र सस्कृति तथा समाचार तथा प्रविधिको खबरहरुलाइ सजिलै आफ्नो नेपाली भाषामा Translate गरी पढ्न सक्नेछौ ! जसले गर्दा हामीलाई अझ सारा विश्वको सामिप्यमा रहेको अनुभूत गराउनेछ !
  • उस्तै गरि नेपाली भाषा, साहित्य, सस्कृति अनि हाम्रो जीवनशैली, हाम्रो सोच विचारहरु सजिलै यो विश्वको कुना कुनामा सरल रुपमा पुर्याउन सफल हुनेछौ ! यसले गर्दा नेपाली भाषा र साहित्यको पनि उत्थान हुने थियो !
  • तपाइँ हामि जस्ता सामान्य लेख पढ भएको नेपालीहरुले, कति सोच्नु भएको होला ‘अंग्रेजीमा या अन्य कुनै भाषामा भएको राम्रो र उपयोगी कुराहरु नेपालीमै सरर पढ्न पाए कति जाति हुन्थ्यो होला ? या आफुले लेखेको वा नेपालीमा लेखिएको कुनै महत्वपूर्ण कुरालाइ अरबी, चाइनिज या अन्य कुनै भाषामा सम्प्रेषण गर्न पाए कस्तो हुन्थ्यो होला?’ भनेर ! हो, यस्ता कठिनाइ बाट सजिलै पार पाइनेथ्यो !
  • Google Translate मा नेपाली भाषा राख्न सके ‘गुगल 'एड' मा रजिष्टर गर्न पनि सरल हुने छ ! अनि तपाई हामीले लेखेको नेपाली कुनै पनि वेब या ब्लग पेज लाइ विश्वको कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नो (उनीहरुकै स्थानीय भाषा ) भाषामा Translate गरी पढ्न सक्ने छन् ! त्यसो हुदा अफ्नो ब्लग/वेब भिजिटर र रिडर्स पनि अहिलेको तुलनामा पक्कै पनि बढ्नेछ - यसरी हाम्रो ब्लग लेखनको ‘ग्लोबल पाठकको टार्गेट’ भन्ने अभियान पनि पुरा हुने'छ ! के यसले गर्दा गूगल एड प्रभावकारी हुदैन त ? पक्कै पनि हुन्छ !

    सबै नेपाली वेव या ब्लगहरुसँग मेरो यो एउटा व्यक्तिगत अनुरोध छ कि नेपाली भाषा र साहित्यको विकाशको लागी आफ्ना सबै पाठक माझ “नेपाली भाषालाइ Google Translate मा समावेश गराउन पहल गरौ !” भन्ने एउटा अभियान राखिदियोस ! जसरी हिजोका दिनमा भष्ट्रचारीहरुको पर्दाफास गर्दा, विकट ठाउमा पुस्तकालय खोल्ने अभियान आदि जस्ता प्रभावकारी र पारदर्शी कुराहरु सम्प्रेषण गरेका थियौ ! हो, उसै गरि यो अभियान पनि सञ्चालन गरियोस भन्ने ठान्दछु -त्यसैले प्राविधिक रुपमा नेपाली भाषा र साहित्यलाइ सबल बनाउन माइ संसार पछी नपरोस भन्ने चाहन्छु !
    सम्पूर्ण नेपाली भाषा र साहित्यविद साथै शुभेच्छुकहरु साथै मेरा ब्लगर मित्रहरु अर्थात  सामाजिक सञ्जालबाट जोडिनु भएका मेरा सम्पूर्ण  शुभेच्छुक, पाठक तथा लेखक मित्रहरुमा पनि यो अभियान लाइ साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु ! कुनै पनि नेपाली वेव या ब्लगहरु, नेपाली भाषा प्रेमी र प्रविधि प्रेमी नेपालीहरु यो शुभ -कार्यको लागि पछि नपरुन  भन्ने ठानेको छु ! यदि यो मेरो कुरा प्रति सहमत हुनु हुन्छ भने “नेपाली भाषालाई Google Translate मा समावेश गराउन पहल गरौ !” यस्तै किसिमको लेख लेखेर आफुले जानेको र थाहा भएको कुराहरु राखेर पोस्ट गर्नु हुन् अनुरोध गर्दछु ! यो कार्यलाई कुनै पनि संस्था, वेब,ब्लग या प्रकाशनले जिम्वेबारी लिएर ... विश्व भरि रहेका नेपालीहरु सँग सहयोगको हात फैलाए - पक्कै पनि तन, मन, सँगै धन भएका अनि प्राविधिज्ञ ज्ञान भएका नेपालीहरु नभेटिने भन्ने कुरै छैन !
    यही अपिल निकै पहिला ( मा ) मैले माइसंसार लाइ पनि गरेको थिए ! तर यो कार्यको कुनै वास्ता भएन र पुन त्यही कुरा आज यो पोस्टमा पनि गर्दै छु ! कोहि त होलान नेपाली भाषा र प्रविधिको विकाश भएको देख्न चाहने -सायदै यो देशमा त्यस्ता नेपालीको कमि नहोला भन्ने विश्वास छ !

No comments:

Post a Comment