फुर्सदको समय प्राय: म कसरी बिताउन मन पराउछु भनौ या यो वर्ष यसरी फुर्सदको समय विताइयो भनौ न ! आफ्नै घरको बगैंचामा आफैले मिहनेत गरेर यति मजाको फुल फुलाउन सकेर गमक्क परेर आफैले त्यसको फोटो खिचेर आफैले आफ्नो ब्लगमा पोस्ट गर्नुको मज्जा नै बेग्लै हुने रहेछ :-) तर खुसी भन्ने कुरा यस्तै साना साना कुराहरु बाट पनि प्राप्त हुदो रहेछ ! एक पटक यस्तै साना तिना कुराहरुमा तपाईहरु पनि रमाउने गरि हेर्नुस त ... जिन्दगी थोरै भए'नि खुसि र मिठो मुस्कान न हो !
प्राय: फुल टिप्दा केहि जस्तो लाग्दैन'थ्यो ! तर आफ्नै मिहनेतले फुलाएको फुल अरु कसैले टपक्क टिपिदियो भने चाही मनै कुटुक्क हुनु रहेछ #आफ्नै_अनुभव नि :पी
570अचेल हामी बाल्यकालमा हुदा जस्तो धान मान्छे आफैले चुटेर झार्ने अनि पराल दाइ गरेर माचमा राख्ने जमाना हेर्दा हेर्दै गैसक्यो ! केहि बर्ष अघि देखि .. फोटामा देखिए जसरी थ्रेसर लगाएर झन झर्ने र त्यस बाट निसिएको पराल र धान सिधै माच र ढुकुटीमा राख्ने या त विक्री गर्ने प्रचलन छ !
फोटो: कोहबरा-४, झापामा ~ आफ्नै घरमा धान थ्रेसर लगाउदै गर्दाको हो ! २०१४ !
आफ्नै बारीमा कलकलाउदो रायो साग र त्यसको विचमा राखिएको बुख्याचा !
डिसेम्बर अन्तिम तिरको समय भएको हुनाले अहिले नेपालको तराइ भेगमा निक्कै चिसो र हुस्सुको सितलहर चलिरहेको अवस्था छ ! यो समयमा स्थानीय बजारहरुमा बिहान चिसोको समयमा चिया सँग खाजाको रुपमा खाने ‘भक्का’ प्रचन बढ्दो छ ! त्यसैको केहि स्न्याप्स मैले कोहबरा बजारमा खिच्न भ्याएको थिए !
I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.
ReplyDeleteDO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.