झरी परे झैँ माया पनि पर्छ रे [ कविता ]


मान्छेहरु

बर्खामा झरी नपरेर के पर्छ त भन्थे
तर यस पाली
झरी सँगै लव पनि पर्यो ~ तिमी सँग
त्यो पनि मेरो !
***           ***
झरीले मान्छेहरु सँगै
धर्ती भिजाउछ र विऊ उमार्छ !
आफुलाई भने
तिम्रो मायाले ~ मेरो मन देखि तिम्रो तन सम्म
लपक्क रुझाएर …
धेरै रहरहरु उमारेका छन !

***           ***

धर्तीमा पानि परे झैँ
मान्छेमा प्रेम परे’छी
काल्ना, भन्ज्यांङ्ग हुदै
उर्लदो खहरे भएर निस्पटै
भेल आउ’छ रे ~ वैंसको !

***           ***

अनि मलाई चाही रहर छ
त्यो भेलले बनाएको
पोखरीमा डुबुल्की मार्दै
स्विमिङ्ग पुलमा झैँ
तृप्ति र प्यास मेटाउने गरी
खेल्न पाऊ ~ पौडी !

हामी दुवै, सँगै, सधै ... !!

***           ***



Photo source : artsybutterfly.blogspot.com

No comments:

Post a Comment

सिक्नु छ मौनताको भाषा [ कविता ]
सिक्नु छ मौनताको भाषा [ कविता ]
मैले सोध्या थिए परात्माको भाषा कस्तो हुन्छ भनेर जबाफमा 'मौनता' भनेर आएको थ्यो ! त्यसैले भनिदो रहेछ मौनताको भाषा सिके .. परमात्मा सँग गफ गर्न सकिन्छ भनेर ! आज बल्ल बुझ्दै'छु तिमी कसरी नबोली चुपचाप बस्न सक्छौ भनेर ! मलाइ के थाहा मौन गफाडी पनि हुन सकिन्छ भनेर ( 0_0 )     अब मलाइ नि गफिनु छ मौन भएरै ...... ~feelings मान्छेहरु कोरियन, हिब्रु, जापानी भाषा सिक्छन र
मनपर्छ [कविता ]
मनपर्छ [कविता ]
उसलाई झरी मनपर्छ मलाइ झरीले भिजेको उ ;) उसलाई हाँस्न मनपर्छ मलाइ हाँस्दै गरेको उ ;) उसलाई कुरा गरिरहन मनपर्छ मलाइ कुरा गर्दै गरेको उ ;) उसलाई धेरै थोक मनपर्छ ... तर मलाइ चाही उ मात्रै मनपर्ने के  :-P