रुवाई [भाग - १ ]


[ 1 ]
पुलामी थर हो लाफाको पापाको !
खबर मात्र होइन मामली  पनि थापाको !!
मगर भन्छन मलाई, मान्छे चाही झापाको !
हुन सक्छौ साथी हामी, टाढै भए नि काँकाँको !!

[ 2 ]
पीडा आँखाबाट निकाले कायर भन्छन
तर मुखबाट निकाले शायर भन्छन ।
विश्वास केहीको गर्न नसक्ने महत्वाकांक्षीहरु
जति सत्य वोले पनि मान्छे मान्छेलाइ लायर भन्छन ।।

[ 3 ]
भेला भए मान्छेहरु । 
मेला भए मान्छेहरु ।
देखाउनेहरु देखाइ रहेछन जात्राहरु 
खेला भए मान्छेहरु ।।
 [ 4 ]
आफ्नै सपनाहरुले सताइ रहेछ ।
हरेक विहानिले जीवन घटाइ रहेछ ।।
अपूरा रहर र सपनाहरुले त हो नि
आस लाग्दो बनाएर जिन्दगी बचाइ रहेछ ।।
 [ 5 ]
तिमीलाइ देख्दै यो मन पानी पानी हुन्छ
मुस्कुराउदै लजाउने कसै'कसैको आनि'बानी हुन्छ ।
के थाहा, जो कोहि लाइ 
भ्यालेन्टाइन विरोधीहरुको पनि आ-आफ्नै का'हानी हुन्छ 

[ 6 ]
मगरहरु भन्छन भातलाइ ज्याट
खैरेहरु भन्छन विरालोलाइ क्याट
भन्नेहरु जुनसुकै भाषामा जे भनुन  
तिमी हामी चाही गरौन नेटमा च्याट ।।
 [मान्छेहरुको सोसल मिडिया प्रतिको क्रेज ]

[ 7 ]
जानी बनायौ या नजानी बनायौ
यी आँखालाई तिम्रै मात्र सपना देख्ने बानी बनायौ 
न-नचाउनु पर्थ्यो त्यस्तरी मलाई
कसम मलाई पानी पानी बनायौ
 [ 8 ]
आलु जस्ताहरु देशका नेता, नेता भए ।
मख्ख परे'थे ब्रस गर्दा दात सेता, सेता भए ।
लगाउने कपडा एकै रहेछ, कि क्या हो ~ सानै देखि 
अचेल बढेर मान्छे ठुला भए, भोटो मात्र छोटा, छोटा भए ।।
 [ 9 ]
कति माया छ यो मनमा
त्यो दिलको साया छ यो मनमा
त्याहाँ बसेर यो पढ्दै मुसुक्क मुस्कुराउने
प्यारीको, छाँया छ यो मनमा ।।

[ 10 ]
तिमी भन्छौ जिस्काउने,बूढो होइन केटा होस
हाइट र उमेरमा पनि आफु भन्दा थोरै जेठा होस
मान्छेका feeling हरु प्राय: mutual नै हुन्छन
रिसमा फकाउदा, कुराहरु पनि मिठा मिठा होस ।

[ 11 ]
शर रोयो भने शरु हुन्छ रे
मन रोयो भने मरु हुन्छ रे
मनमा सम्झनाहरु मात्र राखे उस्को
माया पनि गरु गरु हुन्छे रे ।।

[ 12 ]
थोरै जोडिएकाहरु कमजोर हुदा रहेछन
पुरै जोडिएकाहरु एकजोर हुदा रहेछन
हुनेहरु धेरै खाल्का हुदा रहेछन
जोडिएरै बस्न नसक्नेहरु विजोर हुदा रहेछन  ।।

[ 13 ]
म तिम्रो रहर हुन सकिन
म तिम्रो शहर हुन सकिन
सक्दै सकिन,
म तिम्रो बहर हुन सकिन ।।



No comments:

Post a Comment