कथा [ कविता ]


i have a lot of question about this society 
सानो छदा
हरेक दिन ~ स्कुल जाने गर्थे
बाँधेर टाई घाटीमा
गर्दै हा ..इ ~ निन्द्राको !

स्कुलमा जति धेरै कडा नियम
उति धेरै मस्ती गरिन्थ्यो !
लाग्छ, अहिलेको यो उमेरमा
त्यति धेरै स्कुले नियमहरु नहोलान
तर नि धेरै
स्वतन्त्रता, निडरता महशुस भए जस्तो लाग्दैन !
कहिलेकाही लाग्थ्यो धर्म शास्त्रमा भए भन्दा बढी
अर्ति, उपदेशका कुरा त सर लाइ आउछ !
कहिलेकाही लाग्थ्यो
कति जातिका मिजासिला सर
आफुलाई नि सर जस्तै
मान्छे बन्न रहर लाग्थ्यो !
कहिलेकाही लाग्थ्यो
हिटलर भन्दा मुर्ख र क्रुर छन सर
आफु विधार्थीलाई बुझ्ने गरी पढाउन जान्दैनन्
अनि विधार्थीले बुझेन भनेर
गोरुलाई झैँ पिट्छन !
कुटेर, डर देखाएर
मान्छे जान्ने हुदो हो त
लाग्थ्यो म पनि सर लाइ भकुरेर
के पढाउने भन्दा पनि
कसरी पढाए हामी बुझ्छ्म
भन्ने कुरा सिकाइ दिन सक्छु !
लाग्थ्यो सर आफु
एक्लैले हाम्लाई सारा विषय बुझाउन सक्दैन
अनि कसरी म एक्लैले
ति सबै विषयका कुरा बुझ्नु सक्छु र ..!
फेरी कहिलेकाही लाग्थ्यो
सर भन्दा त मिस कति राम्री कति !
सुन्या थिए बुढा / उमेर ढल्केका मान्छेहरु
तरुनी मन पराउछन !
तर उमेरै नपुगेको मलाइ चाही
तरुनी हैन मिस मन परेथ्यो !
नुन थिएन, मसला थिएन
तर नि मिठो, स्वादिलो लाग्थ्यो !
चोट थिएन, घाउ थिएन
तर नि निको लाग्थ्यो !
थाहा'थ्यो मिस कुनै काटुनको
भिडियो होइन या
कुनै सुमधुर संगीत होइन भनेर
तर नि हेरी रहू,
सुनी रहू लाग्थ्यो ~ मिस लाइ नै !!
कहिलेकाही स्कुलका त्यति ज्ञानीसरले
शारीरिक तथा श्वास्थ्य शिक्षा पढाउदा भने
केटीहरुलाई बाहिर पठाएर
केटाहरुलाई मात्र केहि पढाए जस्तो गर्थे

भन्नु हुन्थ्यो : "बाँकी आफै पढेर बुझ्नु"

लाग्थ्यो स्कुलमा सरले पुरा नभन्ने
घरमा कसैले त्यो कुरा नगर्ने
अनि कसरी बुझ्नु आफै ...सबै कुरा !!
लाग्छ समाजका असल शिक्षक भनेका त
गाउका बले दाइ हुन
- जो स्कुल कहिल्यै गएनन्
उनि चिच्याए रै सबै कुरा भन्दिन्थे
जा..आ ..ठाँ (हातले बनाउदै, देखाएरै)
यस्तो हुन्छ, उस्तो हुन्छ यस्तो गर्नु पर्छ भनेर ...!

लाग्थ्यो कुनै किताव नपढी
कुनै सरले नसिकाइ
कसरी जाने/ बुझे होला तिने
यति धेरै कुराहरु !
न लाज छ, न डर छ !
कहिलेकाही हरेक घरमा
हरेकलाई झैँ घरमा
बा'आमाले मलाइ भन्नु हुन्थ्यो :-
यो पढ्ने उमेरमा
प्रेम गरेर फस्ने होइन नि !
म बुझ्दिन'थे र सोच्थे
प्रेम नगर्नु भनेको हो कि
सेक्स नगर्नु भनेको हो ??
होइन भने
दुवै थोक गरेर
मलाई किन जन्माइयो ..!!
(सरम छ तर जबाफ कोहि सँग छैन)
लाग्छ, राम्रै कुरा सिकाउन खोजे पनि
त्यसबारेमा प्रष्ट भन्न चुक्नु भयो
धकाउनु भयो !
कहिलेकाही हाम्रा घरमा
एच.आइ.भी. एड्स रोगबाट बच्न
कण्डमको प्रयोग गर्नुस भन्ने
एड आउदा मात्रै पनि
टि. भी बन्द हुन्थ्यो कि त च्यानल चेन्ज हुन्थ्यो !

विचरा काइला सतारलाई
त्यसैको असर परेको हुन् सक्छ
एड हेर्ने नपाएर होला
उसले धेरै सन्तान नहोस भनेर
मुन्सी बाबैलाइ झारफुक गर्न लगायो
दबै खुवायो
हँसिया तताएर बुढीको शरीर डाम्यो !

तर काइला सतारले
स्कुल नपठाए नि हरेक बर्ष
नानीहरुको घरैमा लाइन बढायो
स्कुलले नया विधार्थी
~ एडमिसन लिए झैँ !

लाग्छ विकट गाउँमा
सरकारले यस्तै विजोग देखेर होला
जनसंख्या नियन्त्रण गर्न
स्वास्थ्यकर्मी पठायो
काइला सतारको घरमा पनि !

स्वास्थ्यकर्मीले पनि
अस्थाई साधन यसरी प्रयोग गर्नु भनेर
हातका औलामा लगाएर देखाए !
काइला, सबै कुरा बुझे झैँ मुन्टो हल्लायो
र ४/५ थान अस्थाई साधन साथैमा राख्यो !

काइला सतारले पनि
हरेक पटक हत्केलाका औलामा
कण्डम लगाएरै सेक्स गर्यो
फेरी पनि काले जन्मियो
र अनि ठान्यो :
मुन्सी बाबैको झारफुक मात्र होइन
सरकारका डाक्टर पनि निकम्मा रहेछन ।
सब भगवान भरोषा हो ।।

लाग्छ सरकार पनि
घरका अभिभावक झैँ
स्वास्थ्य सम्बन्धि कुरा
प्रष्ट रुपमा भन्न / बुझाउन चुक्यो !

कहिलेकाही
धर्म, समाज र स्कुलले दिने शिक्षामा
काँही न काँही केहि त खराबी छ भनेर
यहि कुरा सरलाई भन्दा भन्नु हुन्थ्यो :-
यो देशमा तिमी हामी जस्ता
जागरुप नागरिकको खाँचो छ
देश छाड्नु हुन्न
देशको लागी धेरै गर्नु पर्छ ।

तर त्यहि सरले
देश मात्र छाड्नु भएन
आफ्नो इज्जत पनि छाडिदिनु भयो

सुनियो आँठ कक्षाको केटीलाई चिमटे
नौं को लाइ आङ्ग सुम्सुमाए
दशको लाइ त द्रोश्रो श्रीमती नै बनाए, बुढाले !

फेरी सुन्दै'छु सरका नाति
सरले नै पढाउने त्यहि स्कुल
पढ्न जान थाल्यो रे !
तर अझै नि सर धाउदै छन रे
आफ्नै बनाउन नसकेको देश
~विदेश ।

कहिलेकाही नलजाइ, नडराइ
कसरी आफ्नो कुरा
अरुले बुझ्ने गरी
कुनै पनि ठाउँमा प्रस्तुत गर्ने भनेर
मोटिभेसन क्लास दिने
टिभीमा बोल्ने मेरो साथीलाइ
यही मेरो कविता पढेर देखाऊ भने
~ सकिदैन यार भनेर मानेन !
फेरी पनि मैले बुझिन
किन सक्दैन उ
लाज कि डर भनेर ... तर मैले सोधिन ।

लाग्यो मान्छेको जात न हो
मन देखि खुसी हुनुस भन्यो
उ मुहार बाट मात्रै खुसी हुन्छ ।
दिल खोलेर माया गर्नुस भन्नु पर्छ
उ कपडा खोलेर माया गर्छ ।।

पढाउने / पढ्ने एउटा कुरा
गर्ने चाही अरुनै हो कि के ..??

कहिलेकाही सानामा
फूर्तिका साथ भनिन्थ्यो
म पाइलट बन्ने
म डाक्टर बन्ने
इन्जिनियर, कलाकार या नेता बन्ने !

तर ओइ नासु, खरिदारको फर्म खुल्यो ??
भन्दै साथीलाई सोधिन्छ
जब्स डट कममा भ्याकेन्सी हेरिन्छ
कि पासपोर्ट सँगै विदेश लागिन्छ ।

लाग्छ थुइया अवसरवादी रहर / इच्छाहरु !

कहिलेकाही
म केहि पनि हुन् सकिन
भन्ने लाइ पनि
समयले सब थोक बनाउछ
~ जीवनमा !

त्यहि भएर हुन् सक्छ !
मेरो स्कुल, मेरो सर , मेरो मिस,
बले दाइ, काइला, र म पात्र भयौ ..

हुन् सक्छ तपाई पनि
कुनै पात्र हुनु हुन्छ
र .. अभिनय गरिरहनु भएको छ
आफ्नो कुनै न कुनै रोलको !

लाग्छ स्कुलको किताबले
त्रिकोण, षटकोण सब सिकायो
तर जीवनमा नभै नहुने
दिष्ट्रिकोण सिकाएन हामीलाई ।
र हामी यस्ता भयौ ...!!!

त्यसैले त लाग्छ
मान्छे लाइ जीवनमा
आवश्यक पर्ने कुराहरु
डर, सरम होइन धरम ठानी
समय, उमेर, अनुसार सिकाउनु
असल समाजको
निर्माण गर्नु हो भन्ने कुरा
कहिले देखि लिन सक्छ
यो समाजको मान्छे ले ... ??

Photo Source : google.com

No comments:

Post a Comment