एक्पिरिएन्स बोल्दो रहेछ [ कविता ]


yum

हरेक दिन मातेर

आउने सर लाइ

सानामा स्कुलमा

भेट्दा

[ हेपेरै भनिन्थ्यो ]

‘हेर सर - नोमोओस्ते’

तर  पनि

बुढा फुरुङ्ग हुन्थे

सायद

बुढा सोच्थे होला

म जस्तो नर्मल सर लाइ पनि

Head Sir भन्यो भनेर !

झट पट्ट

फुर्किदै अर्ति दि हाल्थे

हेर केटा

ठुलो भए पछी

पढेर

दस ग्लास (Class) सक्नु पर्छ नि

पछी बुझ्दा :

[बुढा ८ क्लास मात्रै पास रहेछन

र पो त्यसो भन्दा रहेछन – प्राय: !]

तर म भने

जाडको ग्लास होला भनेर

उति खेरै, हतपत्त उठेर भन्दिन्थे :-

सर म अहिले नै 3 ग्लास सक्छ

पछी ठुलो भएर

१० ग्लास त पक्कै सक्छ ! सक्छ !!

.......

कारको डाइभरको

अघिल्लो पटि हुने

स्प्रिङ्ग झैँ हल्लिदै

बुढाले बुढो औलो

म तिर देखाउदै

तँ

दिस प्लेन (discipline) मा बस्ने गर

छिट्टै ठुलो मान्छे बन्छस भन्थे

तर म भन्ने

त्यो दिन देखि दिस प्लेन [ this plane ]

खोजि रहे,

जसमा बसेर

ठुलो मान्छे बन्न सकौ

ठुलो मान्छे बनौ भनेर |

तपाइले कतै भेट्नु भयो भने

दिस प्लेनको बारेमा

मलाई नि भन्नुस है :) :)

यसरी ति सर लाइ

सधैँ जिस्काएर हैरान बनाउने

मैले - दिस हो कि होइन - थाहा भएन

तर प्लेनमा चाही

पासपोर्टमा भिजा लागे पछी मात्रै

बसेर गल्फ पुग्न पाए !

ठुलो मान्छे त कुन्नि

धुलो मान्छे चाही पक्कै बनाएको थियो

मरभुमिको धुलो र तातो हुरीले !

पछी थाहा भयो

ति सरको कुरा

मान्छे पी-कट भए'नि

एक्पिरिएन्स बोल्दो रहेछ

साथै

ति सरले नै भन्नु भएको

कुराको याद पनि आयो

'कसैको समय, पैसा, र कसैको मजाक

सोच बिचार गरेर मात्रै उडाउनु पर्छ !'

No comments:

Post a Comment