गुरु र गुरुको शिक्षा


हामीले मनाउने


बुद्ध जयन्तीमा - शान्ति
उभौली पर्वमा - प्रकृति
दशैँमा - दुर्गा
तिहारमा - लक्ष्मी
श्री पन्चमीमा - सरस्वती


यी कुराहरु
साहित्य भनेर
शब्दमा लेख्दा मात्रै पनि
सृजना, कृति, रचना आदिका कुरा आउछन !


यसो बुझेर ल्याउदा
नारीका कुरा र प्रसंग विना त
हाम्रा चाडपर्व
उत्सवहरु पनि नचल्दा रहेछन


अनि
नारी विना
हामी कसरी चल्न सक्छौ र ?

तर
सानामा
स्कुलका
राधे राधे गुरुले

‘हेर केटा
मेरो छोरी –
कविताको पछी मात्रै होइन
शब्द बटुलेर लेखिने
कविताको पछी पनि लागिस भने
तेरो प्रगति कहिल्यै हुदैन
ख्याल गर’

भनेर किन पो भने
भनेर अझै सोच्दछु ... :-) :)


लाग्दै'छ
गुरुले
जहाँ नारीको सम्मान हुन्छ
त्यहाँ भगवानको वास हुन्छ
भन्ने कुरा सिकाउन छाडेर ...
अर्थोक मात्रै सिकाए'छन कि क्या हो .... :) :) !!!

[ बुद्ध जयन्ति र उभौली पर्वको सबैमा शुभकामना ]

No comments:

Post a Comment

एक्पिरिएन्स बोल्दो रहेछ [ कविता ]
एक्पिरिएन्स बोल्दो रहेछ [ कविता ]
हरेक दिन मातेर आउने सर लाइ सानामा स्कुलमा भेट्दा [ हेपेरै भनिन्थ्यो ] ‘हेर सर - नोमोओस्ते’ तर  पनि बुढा फुरुङ्ग हुन्थे सायद बुढा सोच्थे होला म जस्तो नर्मल सर लाइ पनि Head Sir भन्यो भनेर ! झट पट्ट फुर्किदै अर्ति दि हाल्थे हेर केटा ठुलो भए पछी पढेर दस ग्लास (Class) सक्नु पर्छ नि पछी बुझ्दा : [बुढा ८ क्लास मात्रै पास रहेछन र पो त्यसो भन्दा रहेछन – प्राय: !
हार र असफलताको आवश्यकता [ कविता ]
हार र असफलताको आवश्यकता [ कविता ]
मान्छेहरु जिन्दगीमा सफलता चाहन्छ, हरेकले आफुले गरेको प्रयत्न खेर नजाओस भन्ने ठान्दछन ! हामी सधैँ अरुलाई चिन्ने प्रयत्नमा रहन्छौ तर आफै सँग भने अपरिचित रहन्छौ ! भनिन्छ जित र सफलताले मान्छेलाई संसार सँग परिचित गराउछ तर पराजय र असफलताले मान्छेलाई आफै सँग परिचित गराउछ | बुझ्नु पर्ने कुरा रहेछ कहिले काही जीवनमा हार र असफलताको जरुरत नि पर्दो रहेछ !