हार र असफलताको आवश्यकता [ कविता ]











मान्छेहरु जिन्दगीमा
सफलता चाहन्छ,
हरेकले
आफुले गरेको प्रयत्न
खेर नजाओस भन्ने ठान्दछन !


हामी सधैँ
अरुलाई चिन्ने प्रयत्नमा रहन्छौ
तर
आफै सँग भने अपरिचित रहन्छौ !

भनिन्छ
जित र सफलताले
मान्छेलाई संसार सँग परिचित गराउछ
तर
पराजय र असफलताले
मान्छेलाई आफै सँग परिचित गराउछ |

बुझ्नु पर्ने कुरा रहेछ

कहिले काही जीवनमा
हार र असफलताको
जरुरत नि पर्दो रहेछ !

No comments:

Post a Comment

गुरु र गुरुको शिक्षा
गुरु र गुरुको शिक्षा
हामीले मनाउने बुद्ध जयन्तीमा - शान्ति उभौली पर्वमा - प्रकृति दशैँमा - दुर्गा तिहारमा - लक्ष्मी श्री पन्चमीमा - सरस्वती यी कुराहरु साहित्य भनेर शब्दमा लेख्दा मात्रै पनि सृजना, कृति, रचना आदिका कुरा आउछन ! यसो बुझेर ल्याउदा नारीका कुरा र प्रसंग विना त हाम्रा चाडपर्व उत्सवहरु पनि नचल्दा रहेछन अनि नारी विना
प्रजातन्त्र [ कविता ]
प्रजातन्त्र [ कविता ]
प्रजातन्त्र भन्ने कुरा यो फोटोमा उडाइएको परेवा जस्तै हुदै गएको छ ! सरकार आफ्नै मान्छे लगाएर जालमा पारेर परेवा समाउछ र स्वतन्त्रताको नाममा सरकार फेरी प्रजातन्त्र दिवस पारेर फुर्र केहि हुल परेवा उडाएर फोटो खिच्दै दुनियालाइ देखाउछ ! र सारा दुनियाले बुझ्छ र एक अर्कालाई हेर्दै फरर ताली बजाउछन !