होली स्पेशल [ रुवाइ ]


1)
हातमा लाउने चुरी हुन्छ ।
शब्द पनि दिमागमा फुरी हुन्छ ।
होलिमा कान्छी लाई रंग दल्न नसके
कान्छा तेरो त पुरै कुरी कुरी हुन्छ ।।

2)

भाङ्गको लड्डु
नखाम है खड्डु ।
कुचिएला जिन्दगी
कच्याक्क कुचुक्क भएर भड्डु ।।

3)

होली आयो लोलाको
तरंङ्ग ल्यायो खोलाको ।
रंग दलौ ढंगको
भनेर कान्छी तिम्लाइ बोलाको ।।
~~~

नया बर्ष आयो सुख, समृद्धि पूर्णको जिन्दगी बिताउनु भन्दै गयो
दशैँ आयो, तिहार आयो आदर, सद्भाव राख भनेर गयो
झन  भ्यालेन्टाइन आयो माया, प्रेम गर्न लगाएर गयो
होलि आएको'छ, जिवनमा ढंगको रंग लगाएर मनाउनु भन्दैछ

~ feeling लाग्छ, धन्न ! बहानाहरु जुटाइ दिने हाम्रा चाडपर्वहरु छन र मात्र :) मान्छेहरु उत्सव मनाउन आतुर हुन्छन !

होलीको यस पावन अवसरमा सबैलाई ह्याप्पी होली ...
जोगिरा सररर ...हो, वोलो सरर .....र र :) :) :)

No comments:

Post a Comment

साकुरा [ कविता ]
साकुरा [ कविता ]
जाडो लागे सँगै चिसोले कठ्याङ्ग्रीएर पुरै बन्जर पुरै नग्न मरेको बूढो रुख जस्तो ठिङ्ग उभिएको थ्यो सडकका वारीपारी । तर बसन्त ऋतु लागे सँगै उ मसक्क मस्किरहेको छ हैन, आफ्नो हरेकथोक गुमाएर पनि कसरी यसरी एक नासले मुसकुराउन सकेको ~ यो साकुरा !! हरेक बिहान हतारिदै म काममा निस्कदा सधैं बाटामा को आयो, को आयो भन्ठानेर ओहायो, ओहायो भन्दै शिर झुकाइ मुसकुराएर मलाइ स्वागत गरेको देख्दा, लाग्छ
सम्पन्नता [ कविता ]
सम्पन्नता [ कविता ]
केटाकेटीहरु उनिहरु खुसी भए भने मात्रै मुस्कुराउदा रहेछन अनि हामी बाबुआमा भने उनिहरु खुसी भएको देखेर मुस्कुराइदो रहेछ । केही यस्तै सम्बन्धहरु हुदा रहेछन जसले जिवनमा मुनाफा नदिएनी जिन्दगी धेरै सम्पन्न भएको महशुस गराउदो रहेछ ।।