सम्पन्नता [ कविता ]


केटाकेटीहरु
उनिहरु खुसी भए भने मात्रै
मुस्कुराउदा रहेछन
अनि हामी बाबुआमा भने
उनिहरु खुसी भएको देखेर
मुस्कुराइदो रहेछ ।

केही यस्तै सम्बन्धहरु हुदा रहेछन
जसले
जिवनमा मुनाफा नदिएनी
जिन्दगी
धेरै सम्पन्न भएको महशुस गराउदो रहेछ ।।

No comments:

Post a Comment