साकुरा [ कविता ]


जाडो लागे सँगै
चिसोले कठ्याङ्ग्रीएर
पुरै
बन्जर
पुरै नग्न
मरेको बूढो रुख जस्तो
ठिङ्ग उभिएको थ्यो
सडकका वारीपारी ।

तर
बसन्त ऋतु लागे सँगै
उ मसक्क मस्किरहेको छ

हैन,
आफ्नो हरेकथोक गुमाएर पनि
कसरी यसरी एक नासले
मुसकुराउन सकेको ~ यो साकुरा !!

हरेक बिहान
हतारिदै म काममा निस्कदा
सधैं
बाटामा को आयो, को आयो भन्ठानेर
ओहायो, ओहायो भन्दै
शिर झुकाइ मुसकुराएर
मलाइ
स्वागत गरेको देख्दा,

लाग्छ
यही बाटो भएर
परिवारको खुसिको लागि
निन्द्रा र आरामलाइ थाती राख्दै
पैसाको पछी
हतार हतार गर्दै डगुड्ने

जस्ता हजारौ मान्छे देखेर पो
मुसकुराइ रहेको हो कि ...

या
आफु
मरे जस्तो गरेर
बाच्न जानेको साकुरा

बाँचे जस्तो गरेर
मरिरहेको हामी मान्छेहरु
देखेर पो हो कि
यसरी एकोहोरो मुसकुराइ रहेको ..!!
कस्तो अजिबका मान्छेहरु भन्ठानेर ??

यस अघी
कहिल्यै
यति विघ्न साकुरा फुलेको
देखेको थिन - फोटोमा देखि बाहेक ।

साच्चिकै यो दृश्य
अनि यसको सुगन्धले
मनमा
नजानिदो तरंग पैदा गर्दो रहेछ ।

रुम फ्रेसनर स्प्रे गरेको जस्तो
बाटाहरु सुगँन्धीत छ
जसले गर्दा
टाढै बाट थाहा हुन्छ
यही कतै नजिकै
साकुरा फक्रीएको छ
मान्छेको बैँस झै ~ फक्रक ।।

शान्त वातावरण
सेताम्य छ रुख भरी
सडक भरी झरेका छन साकुरा फुलहरु ...

जब
एक हुल गाडीहरु
रफ्तारमा हुइकेर आउछ
गाडिको रफतार सँगै
गाडीको पछि पछि
रुखबाट सडकमा खसेका साकुराका फुलहरु
बेजोडले उफ्री उफ्री नाचीरा हुन्छन

लाग्छ
सानामा म पनि
पहिलो पल्ट गाडी देख्दा
उसरी नै नाच्या'थे
कराएको'थे ।।

लाग्छ
हैन यी साना कलिला
बाख्राका पाठा पाठी हुन
उस्तरी नै फात्राक फुत्रुक गरेर कुदिरहेछन ।
सडक भरी
गाडिका पछि पछी ।।

सोच्छु
हैन यी साकुराका फुलहरु
रुखबाट झरेर
आफ्नो मुल बाट छुट्टीएर
आफ्नो अस्तित्वको
अन्तिम घडी तिर पनि
कसरी यसरी नाच्न
खुसी हुन जानेका ??

लाग्छ
हुन त मान्छे पनि त
आफ्नो बाँच्ने दिन
कम हुँदै जादा
एक बर्ष अरु
मृत्युको नजिक पुग्दै गर्दा
बर्थ'डे ( जन्मोत्सव) भनेर
खुसी हुन्छ, उफ्रन्छ नि त
त्यस्तै पो हो कि ..!!

सायद मान्छेले यही साकुरा बाट
पाठ सिकेको हुनु पर्छ ।

साकुरा फुले पछि
सबैलाई आकर्षित गर्छ रे
प्रेमले झै ।
त्यसैले त जापानीहरु
साकुरालाइ
प्रेम र सम्झनाको प्रतीक मान्दा रहेछन ।

वसन्त ऋतुसँगै
साकुरा फुलेको ठाऊमा
पारिवारिक जम्घट गर्ने
जोडिहरु डेटिङ्ग गर्ने
साकुरासँगै उभीएर
फोटो खिचाएर सजाउने ।

दोस्रो विश्व युद्धले थलिएको
बन्जर भएका जापनिहरु
आफुसँग केही नभएनी
साकुरा जस्तै
फुल्न र सुगन्ध दिन
सफल भएका रहेछन
उनिहरुको मिहनेत
उनिहरुको विनयताले गर्दा

साकुरा जापानिहरुको
पहिचान भएकोले
साकुरा फुले पछि
हानामी
उत्सव, पर्व मनाउनु त रिवाज नै रहेछ यहाँको ।।

हुन त
मान्छेका बैँस पनि
लत्रक झर्छन रे साकुराका फुल झै
उमेर सँगै ।।

लाग्छ
हाय ! साकुरा !!
तिमी जस्तै
अजिर भएर अडिन सकौ
फुल्न, सुगन्ध दिन, ऊफ्रन
लत्रक भएर झर्न सकौ ।।
**** ****
नोट: ओहायो = Good Morning
Hanami हानामी:- (花見, "flower viewing") is the Japanese traditional custom of enjoying the transient beauty of flowers; flowers ("hana") are in this case almost always referring to those of the cherry ("sakura") or, less frequently, plum ("ume") trees.

No comments:

Post a Comment