सरकार ! म सरकार बिरोधी होइन। आम नागरिक हुँ। [कविता]


हिजो
निरंकुश राणा शासनकालमा
राजशीको पालामा
ज्यानको बाजि मारेर
जेल / नेल सहेर
आलोचना गर्दै
बिरोध र आन्दोलन गर्यौ
क्रान्ति गर्यौ
निडर भएर उभियौ

अनि
स्वतन्त्रता, प्रजातन्त्र
गणतन्त्र प्राप्त गर्यौ

तर
दु:खको कुरा
अहिले
आफ्नै पाटी भित्र
- फरक मत राख्न
आफ्नै पाटीको नेता बिरुद्ध
- बैचारिक बहस गर्न
नसक्न्ने क्रान्तिकारी भयौ।।
रेड कार्पेटमा सलामी दिने
भगवान पनि नमान्ने तर
फुलको मालाको थुप्रोले नेता पुज्ने
चाप्लुसी कार्यकर्ता भयौ।।

अर्को पाटीले
जे/जस्तो  गरेनी नराम्रो
आफ्नो पाटीले गरे मौनता।।

राजा फेरिए
सरकार फेरिए
शासन फेरिए
रैती फेरिए
जनता फेरिए
तर
चाप्लुसी
जदौ संस्कार फ़ेरिएन
आखिर कहिले सम्म ???

फेरिनु पर्ने जीवनशैलीमा
सस्कारहरुमा सुधार होइन  र ?



अचम्म लाग्छ
हिजो

राजाको बिरोधी हुँ
सरकार बिरोधी हुँ
समाजमा भएका
- गलत औलाउदै
क्रान्तिकारी हुँ भन्दा,
गर्व गर्ने नेता हुँ भन्नेहरु
अहिले कसैले गरेको
गलत त औलाउनु नै हुदैन
सिध्दै
सरकार बिरोधी घोषणा गरिदिन्छन ।
मेरो मुख थुन्न
विध्येक नै बनाउन लागी पर्छन।

हो - म
गलतको बिरोध जरुर गर्छु
सरकारको होइन
तर
सरकार नै गलत हुन्छ भने
मलाइ कसरी सरकार बिरोधी भन्न मिल्छ ?
बरु
सरकार नै पो
जनता बिरोधी मान्न सकिन्छ, हैन र ??


तिम्रो
कार्यकर्ता जस्तो
राजनैतिक पाटीलाई
पैतृक सम्पती जस्तो ठानेर
बा'को अन्त्य पछि
अंशबण्डा परेको आफ्नै पेवा
मान्न नसक्ने
अरिंगाल  हुँ।
लाछी र चाप्लुसी कार्यकर्ता होइन।

तर
सरकार !!

कदापी
सरकारको
बिद्रोही होइन


मेरो जीवन शैलीमा
सुधार आउनु पर्छ
मैले
राज्यलाई तिरेको कर बापत
राज्यबाट
न्युनतम सुविधा प्राप्त गर्न पाउनु पर्छ
- भन्ने / ठान्ने
यो देशको
आम
नागरीक हु।

कुनै पनि देश लाइ
धार्मिक, सास्कृतिक भन्दा पनि
राजनैतिक
अन्ध भक्त र अन्धविश्वासले
बढी र प्रत्यक्ष क्षति पुर्याउछ।

देशमा
समाजमा
नेता गलत, ठेकेदार गलत
स्कुलिङ्ग गलत
पद्धति गलत हुँदै गयो
भ्रष्ट्र हुँदै गयो भन्दा

यहाँ अँधीकांशले
किन
सधै सरकारको
विरोधी मात्रै ठान्दछन ??
बुझ्दिन !!
बिरोध भनेको
सरकार सुध्रिएको
बलियो भएको
देख्न चाहनु पनि हो नि
हैन र ??

कि
उनिहरुलाइ पनि
लाग्छ कि क्या हो
सरकार गलत नै छ भनेर ...!!


2 comments:

  1. Awesome ekdum sahi post chha. Dherai dherai dhanyabad tapaiko yo kala laai from Hamro Collection. Haami nepali le padhnai parne yo kabita ho. Thumbs up from https://hamrocollection.com team.

    ReplyDelete
  2. Hajur le garnu vayeko rachana dherai ramro lagyo. hajur le naramro rajnitik sanskriti prati dherai ramro ra satya kura kabita marfaat byakta garnu vayeko ma Market Sewa Dhanyabaad dina chahanchhau.
    thankyou so much from https://www.marketsewa.com/

    ReplyDelete