हाम्रो लाजनीति [कविता]


देशमा
कुनै पनि किसिमको
स्वतन्त्रता थिएन
तर पनि
हामीले
राणाहरुको
राजाहरुको
मण्डलेहरुको
हुकुमी शासन बिरुद्ध
बोल्न कहिल्यै
डराएनौ
बिरोध, बन्द, हड्ताल र आन्दोलन गर्यौ
आवाज उठायौं ।
अन्धभक्त तोड्यौ

तब
देशमा
प्रजातन्त्र आयो ।
गणतन्त्र आयो ।

तर
हामी
हुकुमी शासन लाई
चाप्लुसी गर्दै
सलामी दिने जनता भयौ ।
हामी देशका जनता भन्दा पनि
पाटी, धर्म र जातिय
सम्प्रदाय र गुटमा विभक्त भयौ
अनि
अहिले हामी
आफ्नै पाटीको
आफ्नै धर्मको
आफ्नै जातिको
नेताको, संस्कारको
नराम्रो पक्षको, नीतिको
बिरोध त के
प्रतिवाद पनि गर्न नसक्ने
सर्वभौम गुमाएको
चाप्लुसी गर्ने
नजानिदो डरले थिचिएको
कार्यकर्ता  भयौं ।
भन :-
"तिमी यसमा
आफुलाइ लाज मान्छौ कि
गौरवशाली ठान्छौ ..??"
यो मनले सधैं
यसरी नै सोधीरहन्छ
म आफैलाई ।।
Happy #WorldPoetryDay  #March21

विश्व कविता दिवसको सबै कवि मनहरुमा शुभकामना


No comments:

Post a Comment

कुनै पनि वेबसाइटमा डिस्एवल गरिएको कन्टेन्टहरु कपी  गर्ने तरिका
कुनै पनि वेबसाइटमा डिस्एवल गरिएको कन्टेन्टहरु कपी गर्ने तरिका
कुनै पनि वेब साइटको कुराहरु कपि गर्न सक्नु भएन या कपि गर्न खोज्दा right click disable / context menu disabled भन्ने आउछ भने, उक्त कुरा कपि गर्ने 7 तरिकाहरु :-1. Disable JavaScript from the browser2. Copy from website source code3. Select from inspect element.4. Using Proxy Sites5. Print website to PDF6. Disable from CSS user-select property7. Take a screenshot of the content. यी मध्ये जुन
सरकार ! म सरकार बिरोधी होइन।  आम नागरिक हुँ।  [कविता]
सरकार ! म सरकार बिरोधी होइन। आम नागरिक हुँ। [कविता]
हिजो निरंकुश राणा शासनकालमा राजशीको पालामा ज्यानको बाजि मारेर जेल / नेल सहेर आलोचना गर्दै बिरोध र आन्दोलन गर्यौ क्रान्ति गर्यौ निडर भएर उभियौ अनि स्वतन्त्रता, प्रजातन्त्र गणतन्त्र प्राप्त गर्यौ तर दु:खको कुरा अहिले आफ्नै पाटी भित्र - फरक मत राख्न आफ्नै पाटीको नेता बिरुद्ध - बैचारिक बहस गर्न नसक्न्ने क्रान्तिकारी भयौ।। रेड कार्पेटमा सलामी दिने भगवान पनि नमान्ने तर फुलको मालाको थुप्रोले