मेरो पहिलो पुस्तक ~ आमा [ कविता ]



आमा भन्नु हुन्थ्यो:-
दिनरातको
साउने झरिले गर्दा
घरसँगै टासिएको रतुवा खोलामा
ठुलो बाढी आयो
दाउराहरु बगाएर ल्यायो
घर नजिकैको बगर भरी छरिदियो
अनि
दिनभरी दाउरा बटुलेर डोकामा ओसारे
साझमा खाना खाए
पाकले खुट्टा बेसरी खाएकोले
भतभती पोेल्यो
पिठारी पोलेर खुट्टा भरी दले
अबेर 10, 11 बजे तिर
ढल्किदा ब्यथा लाग्यो ...
रातभर सुत्न सकिन
बिहान भालेको डाक सँगै ~ तँ जन्मिस 👩‍👧कान्छा 💕 ।


आमालाई #मातातिर्थ_औंशीको शुभकामना । अनि मेरो पहिलो फुस्तक ~आमा #23April #25th #InternationalBookDay

नोट: पाक =बाढीले बगाएर लयाएको धमिलो पानी सहितको हिलोको लेदो ।
आमाको यो भनाइ सालको दुई पटक सम्झने गर्छु म - आमाको मुख हेर्ने दिन र मेरो जन्म दिनमा ।

No comments:

Post a Comment