त नाथे जनता [कविता]




यी मुन्तरीको 

यो कार्यको बिरोध गर्दा 

सरकारले जे गरे नि 

त नाथे जनता 

सरकारको 

बिरोध मात्रै गर्छ 

भन्ने लाग्छ कि लाग्दैन ...??


मुन्तरी :-

हिजो

सर्वहारा र किसानका लागी

जंगलमा लुक्यौ

जंगल सखाप भएन त !!

तर

आज सिंह शानमा पुगेर

सर्वहारा र किसानका लागी

धानमा बस्दा

धान सखाप भो भन्ने ...??

त नाथे जनता ।।


नर्मल या कम रेटमा 

फ्लाइट गरे पो उद्दार भन्नु

सरकारको पैसाले भए पो उद्दार भन्नु 

चाटरमा त्यो नि 

जनताले आफ्नै पैसा लगाए'सी

त्यसलाइ सरकारी लुट 

ठानेको हु सरकार 

म नाथे जनताले।।


यी मुन्तरीले :-

निर्मला घटना

नौलो होइन 

यस्ता घटना भैरहन्छन भन्दा 

मान्न नसक्ने 

आक्रोश देखाउने

म नाथे जनता हु ।।


सरकारको

नराम्रो काम मात्रै छिटो देख्ने 

आँखा चेक गराउन नसक्ने 

म नाथे जनता ।।


यस्तै हर्कत मात्रै 

गरेर

जनताको दोहन गर्दै

हिजोको

माहान

वलिदानको

क्रान्तिको बेज्यत 

गर्नेलाइ

म नाथे जनताले 

भन्न सक्ने 

एउटौ शब्द :-


त नाथे कान्त्रिकारी ।।


[नोट: 

यहाँ प्रयोग भएको शब्द चयन 

गलत भए माफी चाहान्छु, 

बस ! सरकारले 

माफ माग्नु भएन । 


सरकारले माफ मागे 

इज्जत जान्छ । 

सरकारले 

आँखा चेक गराउनु पर्दैन, 

चश्मा लगाए पुग्छ ।।


आँखा 

जनताले चेक गराउछन ।]


(फुल खेल्ने बेलाको धानखेतमा गृहमन्त्रीको जात्रा,धान खेत नस्ट पारेर राहत बितरण ।

फोटो :-साभार फेसबुक ।)

No comments:

Post a Comment