मञ्च, पर्दा र ताली : नयाँ सरकार ~ एक नाटक !




यो देशमा

बा’को शासन खोसिएपछि,
“आमालाई त सन्तानको माया बढी लाग्छ”
भनेर
हामीले आमा रोज्यौं।

आमाको काख
न्यानो होला भन्ने आशा थियो,
तर काखमा निदाउँदा
देशचाहिँ निदाइरहेन।

जेन–जी सडकमा उत्रियो,
नारा होइन—प्रश्न बोकेर।
क्षणभर सिंहदरबार हल्लियो,
मञ्च फेरियो,
पर्दा खुलेको जस्तो भयो,
नयाँ सरकार
एक दृश्य बनेर आयो,
नाटकको पहिलो अंक जस्तै।

पछि आयो अर्को दृश्य—
लेखक, ओली
बयान लिइयो,
कानुन चलेको अभिनय गरियो।
काठमाडौं नछाड्नू भनियो,
विदेश नजानू भनियो,
र फेरि
सबै रोक फुकुवा गरियो—
परर ताली बज्यो रङ्गमन्चमा ।

बा' सोच्दा हुन्
दुश्मन हेरेको हेरै ..
जनता हेरेका हेरै ....
......
बिचरा !
मर्नेहरु मरि रहे
कराउनेहरु कराई रहे 
उफ्रनेहरु उफ्री रहे 

तर उपलब्धि :
मुहार मात्रै फेरीए 
नयाँ सरकार मात्रै जन्मी रह्यो !!
समस्या र प्रविती ~ उही !

हेक्का रहेस ...
तर
जनता सोच्दै'छन्


यो कानुन होइन,
क्यामेरा अगाडिको दृश्य मात्र हो।

आमाका कदम भनेको:

दोषीलाई समात्ने होइन,
समयलाई छल्ने रणनीति रहेछ !

आन्दोलन निभाउने,
प्रतीकात्मक वर्षा गरिएको रहेछ !

न्याय होइन,
सन्देशको व्यवस्थापन गरिएको रहेछ !!

आज देशको समस्या
केवल नेता होइन,
केवल सरकार पनि होइन—
समस्या त
सरकारको विश्वासको मृत्यु हो।
देशको सिस्टमको मृत्यु हो ~ यो !!
त्यसैले जनता ठान्दछन —
“यो नाटक हो।”
आउँदै गरेको खतराको संकेत हो।



Own Things ~आफ्नै कुरा

No comments:

Post a Comment