Valentine Election २०८२: उम्मेदवार एउटै — तिमी ❤️




 माया भनेको शब्द होइन, 

तिमीलाई सम्झिँदा आउने 

मुस्कान हो ~ Saluja कान्छी 💕💕


डाक्टरले भनेका छन् ~ कान्छी,

यो उमेरसँगै बढ्ने

सबै रोग, डर र पीडाहरूको

उपचार र अर्गानिक औषधी

पनी तिमी नै हौ। 💊💞


धामीझाक्रीले जोखना हेरेर,

ज्योतिषीले चिना हेरेर 

भनेका छन् ~ कान्छी,


~ यो जिन्दगी बिग्रने / सप्रने,

सबै तिम्रै हातमा छ रे !


जसरी नेता र देशको भविष्य

निर्धारण गर्ने जिम्मा जनताको हातमा हुन्छ✋❤️


चटकी नेताको भाषण, चिप्ला वाचा सुनेर

थोत्रा पार्टीका ~ सधैंझैं घोषणा पत्र पढेर,

भाइरल समाचारको भ्रममा परेर

मतपत्रमा मत बदले जस्तो होइन होइ ~यो माया। 😄


जित निकाल्नु छ भने

माया होस् वा निर्वाचन दुबैमा 

पहिला मन जित्नु पर्छ —

विश्वास जित्नु पर्छ रे !!


तर याद राख,

भोट र निर्वाचन जस्तो होइन ~ होइ

यो माया। ❤️💍


यो उमेरसँगै बढ्ने

रोगहरू — मुटुको धड्कन, रक्तचाप जस्तै,

दिनप्रति दिन

माया पनि बढ्दै जाओस् होइ ~ कान्छी 💕

 

No comments:

Post a Comment