तेश्रो बर्ष तिर लम्कदा


समय वितेको पतै नहुने , आज भनो भोलि भनो - अनबरत रुपमा बहिरहेछ ! घर छाडेको नी निकै भएछ , देश संकट ग्रस्त भएको नी धेरै भएछ , मुलुकमा शान्ति आउछ अनि घर फर्केर केहि दिगो हुने उधम गरौला भन्ने आशा गरेको’नी निकै भएछ ! हिजो हो जस्तो लाग्छ नाङ्गो खुट्टा लिएर / सिगाने भएर धुलोमा खेलेको अनि झुम्रे बल लाइ लातले हानेको ! अनि अहिले ति सब - हेर्दा हेर्दै / समझदा सम्झदै एउटा अतित भएर बसेछ , एका देशको कथा भएछ !
bed nath blog (6)

ठ्याकै आज भन्दा दुइ बर्ष अघि जानी नजानी रहरै रहरमा मैले ब्लगको शुरुवात गरेको थिए - त्यो पनि हिजै हो जस्तो लाग्छ ! मैले ब्लग खोल्न नसक्दा कैलाश जी ले यसो गर्नु उसो गर्नु भन्नु भएको नी हिजो जस्तो लाग्छ ! मलाइ थाहा थिएन यो एउटा वेबको नमुना हो भनेर त्यसैले मैले पहिलो पटक मेरो आफ्नै फोटोहरु उपलोड गरेको थिए ! ब्लगको टाइटल लेख्ने ठाउमा , “स्वागत छ तपाइँ लाइ मेरो ब्लगमा" भन्ने लेखेको थिए तर मलाइ यो नै ब्लगको टाइटल हो भन्ने पनि थाहा थिएन जुन ब्लगको न्वारन थलो हो भनेर ! निकै पछी थाहा भो र यसलाई परिवर्तन गर्ने कोसिस तिर लागे तर नाम जुराउन नै सकिन केहि समय अघि “बेदनाथ ब्लग" पनि राखी हेरे तर अलिक निको लागेन किन किन !  यसो सोचो उसो सोचो कुनै चित नबुझ्ने - उस्तै हुने ब्लग टेम्प्लेटको विषयमा पनि ! मेरो ब्लगमा एसो हेरे – उपडेट गरेका कुराहरु ! सबै आफ्नै सोचाई , विचार र रहरको कुराहरु गन्थन रहेको छ ! अनि आफैलाई शेयर गर्ने सजिलो र भरपर्दो माध्याम भएको ले - यो साइनोको नाम दिए - “आफ्नै कुरा” भनेर !
अब सामान्यतया यो टाइटल र ब्लग टेम्प्लेट अनि ग्याजेटहरु  परिवर्तन नगर्ने मनसाय लिएको छु , हुन् त पूर्ण रुपले चित बुझेर यस्तो कुरा गरेको होइन किन कि यो डिजाइनले नी निकै समय खादो रहेछ ! हुन् त प्रविधिसंग सके सम्म त परिवर्तन हुने चेष्टा त गर्ने नै छु ! अब यो ब्लगमा के के गर्नु पर्ला जस्तो लाग्छ अनि के के भएन जस्तो लाग्छ भनिदिने जिम्मा हजुरहरु लाइ नै थाती राखे है !
मरो ब्लगमा पहिलो कमेन्टको रुपमा बसन्त दाइले  एउटा पोस्टमा “ Nice blog Bednathjee!“ भनेर प्रतिक्रिया जनाउनु भएको थियो तर मेरो उहा संग त्यस अघि चिनजान नै थिएन ! कसरि भेट्नु भो लिंक थाहा भएन ! अनि मलाइ यसरि फुर्काउने को हुनु हुदो रहेछ भनि लिंक पछ्याएको त … उहा को ब्लग त कति परिपक्व र बरिलै जस्तो पो रहेछ, गाठे ! 
यसरि नै साइनो बढ्दै गयो एक /दुइ हुदै …. आज धेरै को जमात हुन् पुगेको छ ! अब त रेगुलर रुपमा सबैका घर पसेर प्रतिक्रिया दिन नी हम्मे हम्मे पर्न थालेको छ ! तर यो ब्लगको दुनियामा नेपालीहरु पनि द्रुत गतिमा उर्भर भएको देख्दा -राम्रो प्रगती भए जस्तो लाग्छ ! पहिले नेपाली  ब्लग र ब्लगर सिमित थिए आज त्यो रहेन ! अनि आफ्नो विचार , भावना र समाचारको लागि टिभी ,रेडियो र प्रत्रिकामा मात्र सिमित रहनु परेन - त्यो प्रथाको अन्त्य गराइदियो यो ब्लगको विकाशले ! हो त्यहि दुनिया र प्रविधि संगै रमाउदै आज म पनि यहाँ सम्म आइ पुगेको छु मेरो '”आफ्नै कुरा” लिएर ! तपाईहरुकै न्यानो साथमा ! खुसि लाग्छ ! मित्रहरुले देखाउनु भएको म प्रतिको सदभाव, माया प्रति, म सदा उहाहरुको ऋणी रहने'छु ! अनि आउदा दिनहरुमा पनि यसै गरि … थप टेवा पुर्याइदिनु हुने'छ भन्ने आशा राखेको छु !
मेरो ब्लग लेखनलाइ भिजिट गरेर सल्लाह , सुझाब र फलो अफ गरेर हौसला प्रदान गर्नु हुने  फेस बुक र ब्लग मित्रहरु लगाएत सबैलाई हार्दिक कृतज्ञता जाहेर गर्दछु ! यो नाता / यो साइनो सधै प्रगाढ भै रहोस ! धन्यबाद !!
bed nath blog face book bed nath blog (5)
मित्रहरुको नाम छुट्ने डरले यसरि फोटो नै Snipping गरेर राखेको छु है ! अझै कोहि कतै छुट्न गएमा क्षमा चाहन्छु ! (फेस बुक बाट फलो गर्नु हुने ८६७ र ब्लगबाट ८२ )
bed nath blog (2) bed nath blog (3) bed nath blogbed nath blog (4)
  Happy Blogging !      Happy Blogging !!    Happy Blogging !!!  ….

13 comments:

  1. Congratulations on the occassion of 3rd birth day>>>>

    ReplyDelete
  2. बेदनाथजी, तपाईलाई शुभकामना है। बास्तबमा सबैको यस्तै कहानी छ सुरुका समयमा.. निकै अन्यौल नै रह्‍यो मेरो पनि। जे होस तपाईको आफ्ना कुरा ले निरन्तरता पाओस मेरो हार्दिक शुभकामना

    ReplyDelete
  3. तपाईँले भन्नुभए जस्तै नेपाली ब्लगहरु संख्यात्मक रुपमा राम्ररी नै बढ्दैछन् । समयसँगै तीनमा प्रौढता र गुणात्मक सुधार पनि आउनेनै छन् ।

    ब्लग सुरु गर्न जत्ति सजिलो छ त्यसलाई निरन्तरता दिन त्यत्ति नै मुस्किल। यो मुस्किल बाटोमा तीन वर्षे यात्रा पुरा गर्नु भएकोमा हार्दिक बधाई ।
    आज यहाँ लेख्दा परक नपर्ला, मैले तपाईँको ब्लग पढन थालेको पनि करिब २ वर्ष भयो र यो २ वर्षको समयमा तपाईँको लेखाइमा पनि निक्कै "परिपक्वता" आएको छ । ब्लग लेखनले अरु केही नभए पनि आफूलाई व्यक्त गर्ने र जुनसुकै परिवेश र जुनसुकै विषयमा बोल्न (लेख्न) सक्ने भने बनाउँछ नै । यो पनि एउटा उपलब्धि नै हो। आगामी दिनमा तपाईँको ब्लग अझै परिष्कृत बन्दै जाओस्...हार्दिक शुभकामना !!!

    ReplyDelete
  4. Wishing all the best in the coming years!!!
    Happy Blogging!!!

    ReplyDelete
  5. सफलतापूर्बक तेस्रो बर्षमा प्रबेश गरेकोमा बधाई तथा शुभकामना बेद जी, साथै आगामी दिनहरुमा पनि उच्च सफलताको कामना ।

    ReplyDelete
  6. Happy Birthday to your blog. Happy Blogging.

    अनि दिलिप दाइले भनेझैँ, मैले नि follow गर्न थालेको करिब २ वर्ष हुनलाग्यो होला, पहिले को भन्दा उत्कृष्ट प्रस्तुतीहरु दिइरहनुभएकोछ । यसलाई निरन्तरता दिनुहोस् ।

    ReplyDelete
  7. धन्यबाद ! नयाँ लाउरे जी , दुर्जेय जी , दिलिप दाइ , N K M ji, सुर्य जी अनि आकार जी !
    यहाहरुको माया , सद्भाव र सुझाब लागि सदा ऋणी रहने छु !

    र आउदा दिनहरुमा पनि यस्तै साथ र सुझाबको अपेक्षा राखेको छु !

    ReplyDelete
  8. तेश्रो वर्षगाँठको हार्दिक बधाई तथा शुभकामना । तपाईका पहिलाहरु यसरी नै अनवरत अगाडि बढिरहुन् ।

    ReplyDelete
  9. बेदनाथजी तपाईको ब्लग तेश्रो वर्ष प्रवेश गरेकोमा हार्दिक बधाई र शुभकामना छ है! दिलिपजीले भन्नु भएजस्तै निरतरता दिनु गाह्रो हुन्छ (जुन मलाई यहाँ महशुस भइरहेको छ), तपाईको निरतरतालाई भने कायम राख्नुस्।
    जय ब्लगिङ!

    ReplyDelete
  10. मेरो तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना बेदनाथजी !!

    ReplyDelete
  11. राजेश जी, कलमवीर घोताने जी & ध्रुब जी - यहाँहरुलाई धेरै धेरै धन्यबाद ! यसरि नै सधै तपाईहरुको हौसला पाइरहु !

    ReplyDelete
  12. बेदनाथ सर, तपाईको ब्लग तेश्रो वर्ष प्रवेश गरेकोमा हार्दिक बधाई र शुभकामना छ है!

    धेरै दिन भएको थियो ब्लगसंसार मा प्रवेश नगरेको, हजुरको ब्लगको रूपरेखा पुरै बदलीएको रहेछ, खुसी लाग्यो

    ReplyDelete